सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को तालिका सार्वजनिक

धनगढी‚ रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। धनगढी प्रिमियर लिगको तेश्रो संस्करण यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म आयोजना हुँदैछ।

प्रतियोगितामा यस सिजन समेत ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन् जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन्। यो पटक पनि डिपिएलले आफुलाई सर्वाधिक धनराशीको प्रतियोगिता हुने घोषणा गरिसकेको छ।

प्रतियोगिताको तेश्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यसअघि नै मान्यता दिईसकेको छ। यस्तै सहभागी ६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५-१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन्।

यस्तो छ खेल तालिका सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा फेब्रुअरी ९ तारिकमा करन केसी रणनीतिक खेलाडी रहेको बिराटनगर किंग्स र सोमपाल कामीको धनगढी स्टार्स भिड्ने छन्।

फेब्रुअरी ९ तारिक  माघ  २६ देखि फेब्रुअरी २३  फाल्गुन ११ सम्म प्रतियोगिता कुल १५ दिन चल्ने छ । त्यस अवधिभर फेब्रुअरी १३ तारिकमा कुनै खेल रहेको छैन भने फाइनल खेलको अघिल्लो दिन फेब्रुअरी २२ तारिकमा च्यारिटी खेल रहेको छ।

उद्घाटन खेल बाहेक प्रतियोगिताको पहिलो चरणमा हरेक दिन दुई खेल हुनेछन् जसअन्तर्गत पहिलो खेलम बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजेबाट खेलिनेछ।

समुह चरणका अन्तिम २ खेलसंगै दुई क्वालीफायर, एलिमिनेटर र फाइनल खेलभने छुट्टा छुट्टै दिन खेलिने छ। समुह चरणको शिर्ष ४ मा पर्ने टोलि अर्को चरणमा प्रवेश गर्ने छन्। तालिकाको पहिलो दुई स्थानमा रहने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन् जसको बिजेता सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले तालिकाको तेस्रो र चौथो हुने टोलि बिचको एलिमिनेटर बिजेतासंग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने छ।

प्रतियोगिता अन्तर्गत यसपटक खेलहरु ड्रिम फाप्ला मैदानमा खेलिनेछन्। यसअघि प्रतियोगिता संचालन हुँदै आएको अञ्चल प्रहरी मैदानलाई भने बैकल्पिक मैदानको रुपमा तयार गरिने आयोजकले बताएको छ।

  • १९ माघ २०७५, शनिबार १०:०६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लिभ-इन रिलेसनशिपप्रति सामाजिक बहस: आर्थिक, नैतिक र सुरक्षाका प्रश्न फेरि चर्चामा
    आम्दानी अठन्नी खर्च रुपैया एक रोचक कथा
    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU