सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई

काठमाडौं ४ साउन । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा आज विहान सम्पन्न भएको फिफा विश्वकपको उपाधि स्पेनले जितेको छ।

अर्जेन्टिनालाई १–० ले हराएर स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जिते पनि बहुचर्चित गोल्डेन बुट भने विश्वकपमा चौथो भएको फ्रान्सका स्ट्राईकर किलियन एम्वाप्पेले जितेका छन्।

स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै निर्णायक बनको थियो। टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए।

टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए।

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो।

निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो।

स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो। स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो । यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो ।

स्पेन अहिले आफ्ना पछिल्ला ३८ खेलहरूमा अपराजित रहेको छ । जसमा २९ जित र ९ बराबरी भएका छन्। यो कुनै पनि युरोपेली टोलीले बनाएको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो।

यसअघि इटालीले अक्टोबर २०१८ देखि सेप्टेम्बर २०२१ सम्म ३७ खेलहरू ९२८ जित, ९ बराबरीको कीर्तिमान बनाएको थियो । जसलाई स्पेनले नै तोडेको थियो। पछिल्लो दुई वर्षभन्दा बढी समयदेखि स्पेनलाई कसैले हराउन सकेको छैन ।

विश्वकपमा स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज कासान्ते (रोड्रि)ले फिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन्।

स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जिते। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी, फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पारे।

अर्जेन्टिनाका कप्तान मेसीले शिल्भर बल जिते भने फ्रान्सका कप्तान एमबाप्पेले ब्रोन्ज बल जिते ।

यस्तै स्पेनका गोलकिपर उनाई सिमोले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जिते भने स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते।

सिमोनले यस विश्वकपमा ८ खेल खेल्दा ७ खेलमा क्लिनसिट राख्दै नयाँ कीर्तिमान बनाए । साथे उनले विश्वकपमा लगातार ६०० मिनेट भन्दा बढी समय कुनै गोल नखाने कीर्तिमान पनि बनाए।

विश्वकपभर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जिते । एमबाप्पे लगातार दुई पटक गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी समेत बने। ८ गोल गरेका मेसीले शिल्भर बुट र ७ गोल गरेका इंग्ल्यान्डका जुड बेलिङघमले ब्रोन्ज बुट अवार्ड जिते।

  • ४ श्रावण २०८३, सोमबार २०:५७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    सुदूरपश्चिमेली नेपाली समाज जापानको सपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न
    एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी

    ताजा अपडेट

    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    राष्ट्रिय भेलामा समूहगत प्रस्तुतीकरण, प्रदेशगत छलफल तथा व्यापक सुझाव संकलनपछि ती सुझावलाई समेटेर अन्तिम...

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित

    काठमाडौँ ३० श्रावण । दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपाल (डीडान)को अध्यक्षमा कृष्ण गहतराज...

    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    • जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’
    • जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU