देवहरियामा दृष्टी फाउन्डेशन आफ्नै कार्यालयमा
धनगढी, १८ माघ । साहारा बिहीनहरुलाई संरक्षण गर्दै आएको दृष्टी फाउन्डेशनको शुक्रवार धनगढी उप–महानगरपालिका ७ देवहरियामा कार्यालय स्थापना गरिएको छ ।धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कार्यालयको उद्घाटन गरेका हुन । नगरप्रमुख वडले सडकमा तड्पीरहेका ब्यक्तिहरुलाई साहार दिने उक्त संस्थालाई आफुले सहयोग गर्ने बताए । हामी धनगढी उप–महानगरपालिकालाई मानवताको शहर बनाउन जुटेका छौं नगरप्रमुख वडले भने,यसका लागि यस्तै मानवीयताका क्षेत्रमा काम गर्ने संस्थाहरुले साथ दिएको छ । अहिले धनगढीमा सडक मानव भेटाउन छोडेको छ नगरप्रमुख वडले भने, एक बर्ष भित्र कुनैपनि ब्यक्ति सडकमा तड्पीएको भेटिने छैनन् ।
दृष्टी फाउन्डेशनकी संचालक कल्पना भट्टले आफुहरुले मासिक १५ हजार भाडा तिर्नेगरी एउटा घर नै भाडामा लिएको बताईन । उनले भनिन्, हामी संग अहिले २० जना मानसिक बिरामीहरु संरक्षणमा रहेका छन् । कल्पनाले सहयोगि हात, बिबाह, जन्म दिवश लगायतकाका अवसरमा दान दिनेहरुबाट बेसाहाराहरुको मुखमा माड लगाउने गरेको बताईन । उनले भनिन्‘उप–महानगरपालिकाले हामी संग समन्वय गरेकाले पनि संचालन गर्न सजिलो भएको छ ।
सडकमा रहेका बेसाहाराहरुको संरक्षण गर्ने दायीत्व राज्यको हो कल्पनाले भनिन्, यस कारण पनि सरकारको सहयोग आवश्यक पर्दछ । बेसाहाराहरुको संख्या थपिदै गएकाले ब्यबस्थापन गर्न समस्या भैरहेको कल्पनाले बताईन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया