धनगढीमा बैंकको मनपरी ब्याजदर विरुद्ध व्यवसायी आन्दोलीत
धनगढी, १८ माघ । निजि बैंकहरुले मनपरी रुपमा व्याजदर बढाउन थालेको भन्दै कैलालीका व्यवसायी आन्दोलित बनेका छन् । पूर्व सूचना बिनानै ब्याजदर बढाएको भन्दै कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आज धनगढीमा शान्तिपूर्ण बिरोध प्रदर्शन गरिएको छ ।

बिरोध सभालाई सम्बोधन गर्दै कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बैङ्किङ कालोबजारी बन्द गरी व्यवसायीहरुको लागी तोकिएकै ८ प्रतिशत ब्याजदर कायम गरिनुपर्ने बताउनुभयो ।
कैलाली उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष गोपाल हमालले बैंकको मनपरी ब्याजदरका कारण उद्योगी व्यवसायी मारमा परेको बताउनुभयो । उहाँले एउटै बैंकले पनि उस्तै प्रकृतिको व्यवसायमा ऋण लगानी गर्दा ऋणी हेरेर फरक–फरक ब्याजदर असुल गरिरहेकाले बैंकको ब्याजदरमा एकरुपता हुनुपर्ने बताउनुभयो ।
ब्याजदरमा एकरुपता नआउँदा बेरोजगारी बढ्ने, महंगी तथा देशकै अर्थतन्त्रमा कमी आउने बताउँदै उहाँले सरकारले गम्भीर हुन जरुरी रहेको बताउनुभयो ।
कम्तीमा एक बर्षको अवधीसम्म तोकिएको ब्याजदर स्थिर रहनु पर्ने भन्दै उहाँले निजि बैङ्कको एकाधीकार बिरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुनुपर्ने धारणा राख्नुभयो । धनगढी चौराहाबाट सुरु भएको ¥याली उद्योग बाणिज्य संघको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया