सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुनर्वास का बिभिन्न क्षेत्रमा पनि संविधान दिवस मनाईयो ।


धनबहादुर बिक,पुनर्वास ३ असोज । हरेक बर्ष झै यस बर्ष पनि पुनर्वास का विभिन्न क्षेत्रमा हर्षउल्लाहसका साथ द्विप प्रज्वलन गरि संविधान दिवस मनाईएको छ ।
नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर कमिटीले पुनर्वास नगरपालिका ३ आई बी आर डी स्थित सहिद गेट नजिकै द्विप प्रज्वलन तथा सहिद हरूको सम्झना गर्दै संविधान दिवस कार्यक्रम मनाएको छ भने पुनर्वास नगरपालिका ६ प्रतिभानगर बजार समितिले पनि बजारको मध्ये भागमा रहेको कालिका मन्दिर चोकमा द्विप प्रज्वलन गरि संविधान दिवस मनाएको छ । बजार व्यवस्थापन समिति अध्यक्ष अमित रोकायाले उक्त कार्यक्रम को सहजीकरण गरेका थिए ।


उता पुनर्वास नगरपालिका ५ र २ को मध्ये भागमा रहेको पशुपति चोकमा पनि द्विप प्रज्वलन गरि संविधान दिवस मनाईएको छ ।
कालिका बजार को सहिद गेट स्थित आयोजित कार्यक्रम लाई नेपाल कम्युनिस्ट पार्टीका नेता जिबनराज थापाले संविधान दिवस मनाउनु को औचित्य बारे उपस्थित भेलालाई सम्बोधन गरेका थिए ।
असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा संविधानले प्रत्याभूत गरेका अधिकार र स्वतन्त्रताको संरक्षणसँगै नागरिकले संविधानप्रति आफ्नो कर्तव्य र जिम्मेवारीसमेत स्मरण गर्नुपर्ने आवश्यकता देखिन्छ। संविधानको भावना र मर्मअनुसार लोकतान्त्रिक व्यवस्था, सुशासन, सामाजिक न्याय, समानता र समावेशी विकासलाई व्यवहारमा कार्यान्वयन गर्नु दिवसको महत्वपूर्ण सन्देशका रूपमा रहेको कार्यक्रम का प्रमुख अतिथ समेत रहेका थापाले जोड दिनुभयो ।

 

 

 

 

कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी नगर कमिटी संयोजक ईश्वर बुढाको अध्यक्षतामा भएको थियो ।
नेपालमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ। नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको स्मरणमा यो दिवस मनाउने गरिएको हो। संविधान जारी भएको दिनलाई नेपालको राजनीतिक तथा संवैधानिक इतिहासमा महत्वपूर्ण दिनका रूपमा लिइन्छ।
२०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट पारित नेपालको संविधान जारी गर्नुभएको थियो। संविधान जारी भएसँगै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्ने महत्वपूर्ण चरणमा प्रवेश गरेको थियो।
संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा परिभाषित गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन संरचनाको व्यवस्था गरेको छ। त्यस्तै, संविधानले नागरिकका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू, समावेशिता, समानता, सामाजिक न्याय, स्वतन्त्र न्यायपालिका र कानुनी शासनलगायतका विषयलाई संवैधानिक आधार प्रदान गरेको छ।
संविधान दिवसका अवसरमा संघ, प्रदेश तथा स्थानीय तहका सरकारी निकाय, विभिन्न संघसंस्था र नागरिक समाजले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। सरकारी तथा सार्वजनिक निकायमा राष्ट्रिय झण्डा फहराउने, संविधानको महत्वबारे चर्चा तथा अन्तरक्रिया गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिन्छ।

नेपालको वर्तमान संविधान संविधानसभाबाट जारी भएको नेपालको पहिलो संविधान हो। यसअघि नेपालमा विभिन्न समयमा विभिन्न संविधान लागू भएका थिए। २००४ सालको नेपाल सरकार वैधानिक कानूनदेखि २०६३ सालको अन्तरिम संविधानसम्मका संवैधानिक व्यवस्थापछि २०७२ सालमा वर्तमान संविधान जारी भएको हो।

  • ३ आश्विन २०८३, शनिबार २१:२३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    मौलापुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत साहद्वारा कार्यभार ग्रहण ।
    गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।
    रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।

    ताजा अपडेट

    मौलापुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत साहद्वारा कार्यभार ग्रहण ।

    प्रेमचन्द्र झा,रौतहट १९ असोज । मौलापुर नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव...

    लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन ।

    प्रेमचन्द्र झा, रौतहट  १९ असोज । लालबकैया नदीको कमजोर बन्दै गएको तटबन्धका कारण वर्षायाममा...

    • रामपुर खाप छोटी भन्सार सञ्चालनको माग गर्दै संघर्ष समिति, निर्णायक आन्दोलनको चेतावनी ।
    • भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि २३ कामदार र १९ बालबालिकासहितको परिवार अलपत्र ।
    • Out of imagination, ‘Bhotekhosi Nature Unstoppable Force’
    • गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU