पुर्बीचौकी गाउपालिकाको कार्यालयमा तालाबन्दी
माघ १५ डोटी । डोटीको पुर्बीचौकी गाउँ पालिकाको कार्यालयमा मंगलबार स्थानीयहरुले तालाबन्दी गरेका छन् ।

गाउँपालिकाको कार्यालयले जनताको नियमित कामलाई बेवास्ता गरि सहयोगीको भरमा छोडेको भन्दै तालाबन्दी गरिएको संघर्स समितिका संयोजक देब बहादुर खड्काले बताए ।
कार्यपालिकाले आफुहरुका माग पुरा नगरे सम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक खड्काले बताए । गत आर्थिक बर्षमा पनि बिदा बाहेकको १७ दिन कार्यालय अलपत्र छाडेको आरोप लगाउँदै संयोजक खड्काले कार्यालय सहयोगीको भरमा गाउँपालिका छाडेर जनतालाई सेवा बाट वञ्चित गरेको आरोप समेत लागाएका छन् ।
मंगबार सेवाग्राही गाउँपालिकामा आउँदा गाउँपालिकाका अध्यक्ष सहित जनप्रतिनीधि, कर्मचारी सबै दिपायलमा पर्यटन सम्बन्धि तालिम चलाउन गएको जानकारी पाए पछि तालाबन्दि गरिएको स्थानिय दिपेनद्र खडेकाले बताए ।
गाउँपालिकामा तालिम चलाउन हल तथा खान बस्नको राम्रो व्यवस्था हुँदाहुँदै पनि गाउँपालिकाले रमझम र बिलासि ब्यवहार देखाउँदै सेवाग्राहीलाई जानकारी हुने कुनै सुचना प्रबाह नगरेर दिपायलमा कार्यक्रम गर्नु दुःखद कुरा भएको संघर्ष समितिका संयोजक खड्काले बताए ।

पुर्बिचौकी गाउँपालिकाद्वारा आयोजना हुने तालिम गोष्ठि लगायतका कार्यक्रम पारदर्शी रुपमा गाउँपालिकाको क्षेत्र भित्रै हुनु पर्ने, बिदा बाहेकका दिनमा कार्यालय सधैं सुचारु हुनुपर्ने र गाउँपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका बाहिर जानु पर्ने भएमा वडाध्यक्षलाई कार्यबाहक दिएर जानु पर्ने स्थानीयहरुको माग छ ।
गाउँपालिकाले लिखितरुपमा ति कुराहरु उल्लेख गरेर प्रतिबद्धता नजनाए सम्म तालाबन्दी नखोल्ने र गाउँपालिकाले अटेर गरे थप संघर्षका कार्यक्रम अघि बढाउँने संयोजक खड्काले बताए ।

गाउँपालिकाको आयोजनामा जिल्ला स्थरीय खप्तड पर्यटन प्रबद्धन सम्बन्धि कार्यशाला गोष्ठीका लागि आफुहरु दिपायल आएको गाउँपालिकाका प्रमुख दिर्घ बोगटीले बताए । उनले तालाबन्दीको बिषयमा आफु खासै जानकार नभएको भन्दै कार्यक्रम सफल पार्न सबैको भुमिका रहेकाले जनप्रतिनीधि र कर्मचारी सहित दिपायलमा आउनु परेको बताए ।
अहिले आफू कार्यक्रमको लागि बाहिर रहेको र एकदुई जनाले तालाबन्दी गरेको छ भन्ने खबर प्राप्त भएको बोगटीले बताए । किन र कसरी तालाबन्दी गरेको हो त्यो बारेमा बुझेर सामाधन तर्फ जाने बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया