बिराटनगर किङ्ग्समा २ बिदेशी खेलाडी अनुबन्धित
धनगढी । रुस्लान धनगढी प्रिमियर लिगको टिम बिराटनगर किङ्ग्सले आफ्ना २ विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको छ।

भारतीयका २ प्रथम श्रेणी क्रिकेटर अभिनाश यादब र शिभकान्त शुक्लालाई टिमले आबद्ध गरेको हो। दुवैले रेलवेजको लागि भारतको प्रतिष्ठित रन्जी ट्रफी प्रतियोगिता खेलीसकेका छन्।
अभिनाश यादबले देब्रे हाते स्पिनर हुन् भने शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन्। ३२ वर्षीय अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिईसकेका छन्। यस्तै ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४,१९८ रन बनाएका छन्।
बिराटनगर किंग्सको रणनीतिक खेलाडीको रुपमा करन केसी रहेका छन्। टिमका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारि, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ्ग, तृत राज दास र सुवाश ऐयर रहेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया