पारिश्रमिक बृद्धाश्रमलाई
प्रकाश बम डोटी ७ माघ । दिपायल सिलगढी नगरपालिकाको कार्यपालिका सदस्य कृष्ण सुनारले सदस्यले पाउने सेवा सुविधा वृद्धा आश्रामलाई हस्तान्तरण गर्ने बताएका छन् ।

डोटीको सिलगढीमा रहेको पुज्य धर्मानन्द बृद्धाश्रममा पत्रकार सम्मेलन गर्दै उहाले कार्य अबधिबरमा आफुले पाउने सम्पुर्ण रकम आश्रममा रहेका बृद्धबृद्धाहरुको सहायतामा खर्च गर्ने गरि हस्तान्तरण गर्ने सुनारले बताएका हुन् ।
नियमानुसार कार्यपालिका सदस्यले मासिक ९ हजार रुपैया प्राप्त गर्ने प्रावधान रहेको छ । सुनार नेपाल प्रहरी सेवाबाट निबृत्तभरण प्राप्त व्यक्ति रहेका कारण उनले पाउने सेवा सुविधामा आधा कटौती गरिएको छ ।
जसले गर्दा सुनुरले मासिक ४ हजार पाँच सय रुपैया तलब पाउने गरेका छन् । सुनारले तलब बापत ५४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । आफुले प्राप्त गरेको सबै रकम बृद्धाश्रमलाई दिने घोषणा गरेका हुन् ।
त्यस्तै सुनारले आफुले नरहने अबस्थामा आफुले खाईपाई आउने पिन्सेनको केही अंस बृद्धाश्रमलाई दिने बताएका छन् । डोटी जिल्लामा रहेका जनप्रतिनिधिहरु मध्येमा आफुले पाउने सम्पुर्ण रकम सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् । सुनुवार नगरपालिकाको बडा नं. २ बाट निर्वाचित सदस्य हुन् ।
उनले गरेको सहयोगले बृद्धाश्रम संचालनमा ठुलो सहयोग पुग्ने संचालक संस्थाका अध्यक्ष दिनेश रोकायाले बताउनु भएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया