सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मानव अधिकार संरक्षण गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी

धनगढी । मानब अधिकार संरक्षण मञ्च मासम नेपाल सुदुरपश्चिम प्रदेश समितिले विभिन्न तीन वटा घटनामा ध्यानाकर्षण भएको जनाएको छ ।

मासम सुदूरपश्चिमले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव नारायणप्रसाद विडारीले पत्रकारमाथि दुव्र्यबहार गरेको, डा गोविन्द केसीको अनसन र धनगढी उपमहानगरपालिका–१३ बरपट्टामा थारु र दलित समुदायबीच माघीमा भएको झगडाको घटनाप्रति ध्यानाकषर्ण भएको जनाएको हो ।

प्रेश विज्ञप्ती
बर्तमान अबस्थाामा देशका बिभिन्न क्षेत्रमा घटित नागरिक तथा मानव अधिकार सङ्ग सम्बन्धित घटनाहरु प्रति मानब अधिकार सँरक्षण मञ्च सुदुरपश्चिम प्रदेश समितिको ध्यान आकर्षण भएकोले यो विज्ञप्ती जारी गरिएको छ ।

१.मिति २०७५ माघ २ गते दिनेश एफ एम.का संचारकर्मी श्री जनक विष्ट र माउण्टेन टेलिभिजनका संचारकर्मी श्री पदम भट्ट माथि विधिसँगत सुचनाको माग गर्ने क्रममा सुदूरपश्चिम प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका मुख्य सचिव श्री नारायाण प्रसाद विडारीले सूचना दिनुको सट्टा संवैधानिक तथा कानुनी पद्धति सूचनाको हकको बर्खिलाव र नागरिकले सूचना पाउने अधिकारलाई कुण्ठीत हुने गरी पत्रकारहरु मथि अशिष्ट शैलीमा प्रस्तुत भई संचारकर्मीहरुको क्यामेरा खोस्ने, अपमानजनक ढगंवाट कार्यकक्षवाट वाहिर निकाल्ने जस्ता अभद्र व्यवहार जन्य घटना भएको सामाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
सूचना प्राप्त गर्ने सम्पूर्ण नागरिकहरुको मौलिक हक समेत भएकोले समाचार संकलनको क्रममा सूचनाको माग गर्ने संचारकर्मीहरु माथि भएको यो घटनाको घोर भत्र्सना गर्दछौ ।
यस विषयमा तत्काल न्यायिक छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्न सम्वन्धित पक्षसंग माग गर्दछौ ।

२.राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दे १६ औँ पटक अनसन बसिरहेका त्रि.वि.शिक्षण अस्पतालमा कार्यरत प्रा.डा गोविन्द के.सी.को अनसन र विग्रदो नाजुक स्वास्थ्य स्थिती प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ नेपाल सरकार र सम्वन्धित पक्ष विच यथासिघ्र वार्ताको वातावरण वनाई समस्या समाधान तर्फ केन्द्रीत हुन सम्बन्धित पक्षलाई हार्दिक अपिल गर्दछौ ।

३. धनगढी उपमहानगरपालिका वडा नं १३ बरपट्टामा मिति २०७५ माघ १ गतेका दिन विशाल चौधरी र रघुनाथ चौधरीहरुको समूहले सोही ठाउँकी वालिका वर्ष १४ की विनीता नेपाली, मदन नेपाली र विनोद नेपालीलाई जातीय विभेद गरी स्थानिय दलित समुदाय माथि सामुहिक रुपमा कुटपिट, लैगिक हिँसाजन्य घटना भएको भन्ने जानकारी हुन आएको घटना प्रति हाम्रो ध्यानाकार्षण भएको छ । उक्त घटनाको सत्यतथ्य छानविन गरी पिडकहरुलाई कानुनी दायरामा ल्याई पिडित पक्षलाई उचित न्याय दिलाई उक्त क्षेत्रमा सामाजिक सदभाव कायम गर्ने तर्फ ध्यान दिन समेत सम्वन्धित सबै पक्षलाई हार्दिक अपिल गर्दछौ ।

मिति ः २०७५÷१०÷०५ गते

डिल्लीराज जोशी राजेन्द्र रैका . हिमालय विक्रम विष्ट
प्रदेश अध्यक्ष प्रदेश सचिव प्रदेश उपाध्यक्ष

  • ६ माघ २०७५, आईतवार ०५:०१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU