धारिलो हतियार प्रहारबाट अत्तरियामा एकको मृत्यु, तीन घाइते
धनगढी । कैलालीको अत्तरियामा धारिलो हतियार प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

हतियार प्रहारबाट गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले जानकारी दिए ।
गोदावरी–१ कै सविन कटेल, गणेश राई र राजेश नेपाली घाइते भएका छन्।
घट्नाको थप विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख तिम्सिनाले जानकारी दिए। हतियार प्रहार गर्नेको खोजी भइरहेको प्रहरीको भनाइ छ । घाइतेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया