सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

पोखरा, २८ चैत । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकालाई नैतिक शिक्षा अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले नैतिक शिक्षाले मात्र बालबालिका सुसंस्कृत र असल आचरणको हुने उल्लेख गर्दै नैतिक शिक्षा र  संस्कृत शिक्षा अनिवार्य गर्न जरुरी भइसकेको उल्लेख गर्नुभयो ।

पोखरा २७ स्थित कृष्ण प्रणामी परमार्थ मिशन ट्रस्ट तथा सदानन्द गुरुकुल आश्रमको सातौं वार्षिकोत्सवमा उहाँले आजको शिक्षानीतिमा नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्ने परम्पराको अभाव देखिएको बताउनुभयो ।

‘गुरुकुल आशाका केन्द्र हुन् । भरोसाका दृढ विश्वास हुुन् । संस्कार सिकाउने कर्मस्थल हुन् । मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन् । यिनको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व हो ।’ उहाँले भन्नुभयो । प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि हामीले विस्तारै हाम्रा अमूल्य निधिलाई बिर्संदै गइरहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

‘मातृभाषा, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं नैतिक विद्यामा झनै अज्ञानी बन्दै गएको पाइन्छ । गुरुकुल शिक्षाको केन्द्र मात्र नभई विद्याका केन्द्रको रुपमा बुझ्नुपर्ने हुन्छ ।’ उहाँले भन्नुभयो – ‘गुरुकुललाई जीवन्त बनाउन र त्यसमा रहेको जनशक्तिलाई नेपालको शिक्षा नीतिसँग जोड्न अनिवार्य छ ।’
संस्थाले श्रीकृष्ण प्रणामी मन्दिर, वृन्दावन धाम, स्वामी सदानन्द गुरुकुलम्, अन्नपूर्ण भोजनालयको कुशल व्यवस्थापन गर्दै आएकोमा खुशी व्यक्त गर्नुहुँदै उहाँले निकट भविष्यमै प्रणामी गौशाला, प्रणामी विद्या मन्दिर, मंगल संस्कृत विद्यालय, आपतकालीन अस्पताल, प्रणामी ध्यान केन्द्र सञ्चालन गर्ने योजना बनाएकोमा सफलताको कामना पनि गर्नुभयो ।
संस्थाका अध्यक्ष स्वामी १०८ विष्णु वशिष्टलाई उहाँले व्यक्तिगत पाँच हजार सहयोग पनि हस्तान्तरण गर्नुभयो ।

  • २९ चैत्र २०८२, आईतवार १८:२८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU