नगर कप भलिबल प्रतियोगिता सम्पन्न
प्रकाश बम डोटी २९ पुस । शिखर नगरपालिका डोटी द्वारा आयोजित नगर कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

शिखर नगरपालिका डोटीको आयोजना तथा शिखर नगरपालिका वडा नं १० को संयोजनमा प्रतियोगिता पुस २७ गते देखि संचाल भएको हो । प्रतियोगिता नगर पालिका स्तरिय रहेको थियो ।
प्रतियोगिता शिखर नगरपालिका वडा नं १० प्रथम भएको छ । भने वडा नं ८ द्वितिय र वडा नं ११ तृतीय भएको छ । विजयी प्रथम टिमलाइ नगद पचास हजार, ट्रफी र प्रमाण पत्र त्यसैगरी द्वितियलाई नगद तीस हजार, ट्रफी र प्रमाण पत्र अनि तृतीयलाई नगद बीस हजार ट्रफी र प्रमाण पत्र प्रदान गरिएको वडा नं १० का वडा अध्यक्ष मीन वहादुर वलायरले वताए । त्यसैगरी उत्कृष्ट खेलाडी वडा नं १० का खेलाडी विरेन्द्र सुतारा भएका थिए ।

नगरपालिकाका ११ वटै वडावाट एक एक टिम सहभागी रहेका छन । खेल नकाउट आधारमा खेलाइएको प्रतियोगिताका मुख्य रेफ्री करण कठायतले वताए । समापन कार्यक्रममा शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले भलिवल प्रतियोगितावाट नगरपालिकामा सम्मावना भएका खेलाडीले आफ्नो खेल देखाउने मौका पाएको वताए ।
खेल सभ्य र भव्य रुमा संचालन गर्नमा संयोजनको भूनिका खेलेकोमा वडा नं १० लाई धन्यवाद दिएका थिए । भलिवल प्रतियोगिता बर्सेनि निरन्तर आयोजना गरिने प्रमुख जोशीले वताए ।
समापन कार्यक्रम वडा नं १० का वडा अध्यक्ष मीन वहादुर वलायरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नगरपालिकाका उप प्रमुख धौली देवी रावल , नगरपालिका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य, लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता शिद्धेश्वर मावि वानेडुङ्रीसैनको खेल मैदानमा संचालन भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया