थप आठ वडामा हामी नेपाली हाम्रो नेपाल एक अभियान शुरु । "सरकारी सेवा सुविधामा पहुँच र व्यक्तिगत घट्ना दर्ता सम्बन्धि कार्यक्रम गरिने "
धनगढी २९ पुष । हामी नेपाली हाम्रो नेपाल एक अभियान अन्तर्गत एफएमडिसी कैलालीले सरकारी सेवा सुविधामा र नागरिकता लगायत व्यक्तिगत घट्ना जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता जस्ता घट्नामा जनचेतना जगाउने थप ८ वडामा कार्यक्रम शुरु गरेको छ ।
एफएमडिसी कैलालीले सरकारी सेवा सुविधामा आमनागरिकको पहुँच बढाउन आज धनगढीमा आयोजना गरिएको सरोकारवाला बिचको एक छलफल कार्यक्रममा गतवर्षको कार्यक्रमको समिक्षा गर्दै यस वर्ष गरिने कार्यक्रमको प्रभावकारिताका बारे छलफल गरियो ।
एफएमडिसीका सँस्थापक अध्यक्ष उमीद बागचन्दको अध्यक्षता सम्पन्न सरोकारवाला बिचको एक छलफल कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपवहादुर वडले एफएमडिसीले सञ्चालन गरेको कार्यक्रमले राम्रो सहयोग पुगेको छ, भन्नु भयो । उहाँले नगरबासीलाई सरकारी सेवा सुविधा सम्बन्धि सचेतना दिन र सेवामा सहज पहुँच बढाउन वडाअध्यक्ष तथा वडासचिवहरुले सघाउन निर्देशन दिनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पाण्डेयले एफएमडिसीले सञ्चालन गरेका गतिविधिले सरकारी काम कारवाहीलाई समेत सहयोग पुगेको बताउँदै सहभागीले उठाएको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रतिवद्धता व्यक्त गर्नु भयो ।
धनगढी उपमहानगरपालिकाका ८ वटा वडाहरु २, ३, ५, ७, ८, १०, ११ र १७ नम्बर वडाका वडाअध्यक्षहरु, सचिवहरु र समुहका अध्यक्षहरुको सहभागिता रहेको थियो । सहभागी वडाअध्यक्षहरुले एफएमडिसीले सञ्चालन गरेको कार्यक्रमले वडा कार्यालयका काम कारवाहीमा सहयोग पुग्ने र आफुहरुबाट कार्यक्रमलाई सघाउपुग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रम उपलब्धिमूलक बनाउन गरिएको खुल्ला छलफलमा सहभागीहरुले आफुले नागरीकता तथा ब्यक्तिगत घटना दर्ताका क्रममा भोगेको ब्यवहारीक, कानुनी तथा प्रशासनिक जटिलता बारे पिडित र सरोकारवालाका बिच प्रत्येक्ष संवाद गरिएको यियो । समस्यामा सल्लाह सुझाव सहित कार्यक्रमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता सरोकारवालाहरु ब्यक्त गर्नु भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया