गरिखाने शिक्षा आहिलेको आवश्यकताः नगरप्रमुख वड
धनगढी,२४ पुस । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले गरि खाने शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् ।
धनगढी स्थीति ऐश्वर्य विद्या निकेतनको ४२ औं बोर्षिकोत्सव तथा अभिभावक दिवशको अवसरमा यस्तो बताएका हुन । उपमहानगरपालिकाका क्षेत्रका विद्यालयहरुलाई कक्षा ८ बाट नै प्राविधीक शिक्षाको पठनपाठन गराउन आग्रह गरे । गैह् प्राविधीक बिषय पढ्दा बिद्यार्थीहरुको लामो समय औपचारीक शिक्षामा लिनमै बित्ने गरेको छ नगरप्रमुख वडले भने,अभिभावकहरुको पनि ठूलो रकम पढाउनमै खर्च भैरहेको छ । उनले अभिभावकलाई गरिव बनाउने र पढेर पनि रोजगारी पाउन नसक्ने शिक्षाबाट देश अगाडी नबढ्ने बताए ।
उनले ऐश्वर्य विद्या निकेतन उत्कष्ठ शैक्षिक संस्था भएको बताए । हामी सबै मिलेर यो विद्यालयको गुणस्तर सुधार गर्ने हो विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख वडले भने,आफ्ना बाबु नानीहरुले बिद्यालय बाहिरको समयमा के गरिरहेका छन् त्यसको ख्याल गर्न म आग्रह गर्दछु ।
उनले ऐश्वर्य बिद्या निकेतनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि काम भैरहेको छ नगरप्रमुख वडले भने,क्याम्पस तहको पढाई केहि समय भित्रै आफ्नै संरचनामा गरिने गरि तयारी भैरहेको छ ,
बिद्यार्थीहरुलाई ऐश्वर्यको विद्यार्थी हुँ भन्नेमा गर्भ गर्न आग्रह गरे । ऐश्वर्य विद्यानिकेतनको स्थापना देखि अहिले सम्मको अबस्थामा पुर्याउने सबैलाई स्मरण समेत नगरप्रमुख वडले गरे । ऐश्वर्य सुदूरपश्चिम प्रदेशकै उत्कृष्ठ शैक्षिक संस्थामा पर्दछ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया