शुसासन निती बनाउन नगरप्रमुखको ध्यानाकर्षण
डोटी२३ पुस । जिल्लाका बिभिन्न गाउ तथा नगरपालिकाहरुमा भ्रष्टाचार तथा अनियमीतताका घटनाहरु सार्वजनिक भइरहेका बेला डोटी जिल्ला स्थित नागरिक समाजका बिभिन्न प्रतिनिधीहरुले दिपायल सिलगढी नगरपालिकालाई सुशासनका निती तथा कार्यबिधि बनाउनका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् ।

दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई नागरिक समाजका तर्फबाट गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायतले सोमबार ध्यानाकर्षण पत्र बुझाउनु भएको हो । स्थानिय तहलाई सुशासनमैत्री, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउन डोटीका कुनै पनि स्थानिय तहहरुले सुशासनसंग सम्बन्धीत निती तथा कार्यबिधी नबनाएको भन्दै अनुरोध पत्र बुझाइएको गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायतले बताउनु भयो ।
अनुरोध पत्र बुझाउन पत्रकार बिभिन्न संघसंस्थाका प्रतिनिधी, अगुवा तथा बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो । पत्र बुझ्दै नगरप्रमुख मलासीले नागरिक समाजको सजगताले आफुलाई थप गम्भिर बनाएको बताउदै निती, निर्देशिका बनाउन आफु तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भयो । नगरप्रमुख मलासीले सेवालाई प्रभावकारी बनाउन तथा जनप्रतिनिधी र कर्मचारीहरुलाई जवाफदेहि बनाउन आफुले बिभिन्न पहल गरिरहेको जानकारी दिनु भयो । उप प्रमुख शिवराज खड्काले पनि नागरिक समाजले खेलेको भुमिकाको प्रशंसा गर्दै स्थानिय तहहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुझाव सल्लाह दिन समेत आग्रह गर्नु भयो ।
बिकास र परिवर्तनका लागि लागि संचार ९एफएमडिसी०ले डोटीमा संचालन गरिरहेको पारस्परिक जवाफदेहिता परियोजनाले स्थानिय तहहरुमा सुशासन निती तथा सामाजिक जवाफदेहिताका औजारहरुको कार्यबिधी निर्माण गर्नु पर्ने भन्दै पैरबी गरिरहेको छ । सो परियोजनाले दिपायल सिलगढी नगरपालिका र केआईसिंह् गाउपालिकामा सुशासनको अवस्थाबारे तयार पारेको अध्ययन प्रतिबेदन समेत ध्यानाकर्षण पत्र संगै नगरप्रमुख मलासीलाई हस्तान्तरण गरेको छ ।
यस अघि केआईसिंह गाउपालिका अध्यक्ष लोकेन्द्र शाहीलाई समेत यसै गरि सुशासन निती तथा कार्यबिधी बनाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको थियो । स्थानिय तहहरुलाई २०७४ कार्तिक २८ गतेको उप प्रधानमन्त्री स्तरको निर्णयबाट सुशासन प्रबर्धन रणनिती तथा कार्ययोजना २०७४ अनुसार स्थानीय तहको निती तथा कार्यबिधी बनाउन परिपत्र गरिसकेको भएपनि अहिले सम्म डोटीका कुनै पनि गाउपालिका तथा नगरपालिकाले बनाएका छैनन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया