बझाङ जिल्लामा हिमपातले विद्युत अबरुद्ध
डीबी विष्ट पुस २३ बझाङ । पहाडी जिल्लामा परेको हिमपातका कारण बझाङ जिल्लामा विद्युत सेवा अबरुद्ध भएको छ ।

आतबार बाट जिल्लाका विद्युत सेवा दिई रहेको राष्ट्रिय प्रशारण लाईन अबरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुर अन्धार छ । विद्युत सेवा अबरुद्ध हुँदा विद्युत बाट संचालन हुने सबै कामहरु अबरुद्ध भएका छन् । सदरमुकाम चैनपुरमा रहेको नेपाल विद्युत प्राधिकरणका शाखाका प्राविधिक राम बहादुर कुवरले आईतबार देखि परेको पानी र हिमपातका कारण डडेल्धुरा देखि माथि विद्युत सेवा अबरुद्ध भएको बताए ।
उनले भने भने डडेल्धुरा सम्म विद्युत संचालनमा रहको भन्ने जानकारी आएको छ । डडेल्धुरा भन्दा माथिको लाईन हिमपातका कारण खराब भएकोले बझाङ, बैतडी र दाचुल्लाको लाईन खराब भई विद्युत सेवा अबरुद्ध भएको बताए ।
बैतडीको खोड्पे बाट ३३ केभिको लाईन बझाङका लागि ल्याएको भए पनि खोड्पे भन्दा तल र डडेल्धुराको विचमा विद्युत अबरुद्ध भएकाले जिल्लाको विद्युत सेवा बन्द भएको बताउनु भयो ।
विद्युत बन्द भएको क्षेत्रमा विद्युत मर्मतका लागि प्राविधिकको टोलि खटि सकेकोे हुँदा केहि समय पछि विद्युत संचालनमा आउन सक्ने प्राविधिक कुवरले जानकारी दिए । विद्युत अबरुद्धका कारण जिल्लामा रहेका ग्रिल उद्योग मिलहरु र कम्प्युटर कक्षाका साथै एफ.एम. स्टेशनहरु समेत बन्द भएका छन् ।
बझाङ सदरमुकाम चैनपुर आसपास विगत देखि सन्चालन भएको डोगडेगाड बझाङ साना जलविद्युत योजना भने चैनपुर बाहेकका आसपासका गाँउहरुमा विद्युत सेवा संचालन छ । एक महिना अगाडी देखि सुरु भएको राष्ट्रिय प्रशासण लाईन सदरमुकाम चैनपुरलाई मात्रै केन्द्रित गरेर वितरण गरेको छ ।
हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन समेत प्रभावित भएको छ । साथै खोड्पे बझाङ सडक क्षेत्रमा हिमपातका कारण यातायातमा समेत समस्या भएको सुदुरपश्चिम बस ब्यावसायि समितिमा सदस्य जीवन खड्काले बताएका छन् । आईतबार पानी संगै हिमपात भएको भए पनि सोमबार भने मौसम सफा रहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया