सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमको कार्यप्रगति, समस्या र चुनौतीहरूको समिक्षा कार्यक्रम

कैलाली १३ पुष । सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामसान्त सम्ममा सवारी साधन करतर्फ १४ लाख ८० हजार बढी राजस्व संकलन गरेको छ ।
आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमको कार्यप्रगति, समस्या र चुनौतीहरूको समिक्षा कार्यक्रममा आर्थिक मामिला मन्त्रालयले प्रस्तुत गरेको प्रतिवेदनमा प्रदेश सरकारले सवारी साधन करतर्फ २६करोड ११ लाख ८९ हजार रुपैयाँ मात्र संकलन गरेकोमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोड ९७ लाख ०९ हजार रुपैयाँ राजस्व संकलन भएको देखाएको छ ।घरजग्गा रजिष्ट्रेशन दस्तुर भने घटेको छ। गत वर्ष १५ करोड १७ लाख ७० हजार रुपैयाँ रहेको यो शीर्षकमा चालु वर्ष ८ करोड २० लाख ७ हजार रुपैयाँ मात्र संकलन भएको छ।
मनोरञ्जन कर, विज्ञापन कर र प्राकृतिक स्रोतबाट प्राप्त आयमा समेत उतार–चढाव देखिएको छ। अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा भने उल्लेखनीय वृद्धि भई ४ करोड १२ लाख ५१ हजारबाट ८ करोड २३ लाख ५६ हजार रुपैयाँ पुगेको छ।दण्ड, जरिवाना र जफत शीर्षकमा पनि आम्दानी बढेको देखिन्छ। अन्य राजस्व भने अघिल्लो वर्षको तुलनामा घटेको छ। कुल राजस्व लक्ष्य २०८१/८२ मा १ अर्ब ६० करोड ७ लाख १५ हजार रुपैयाँ र २०८२/८३ मा १अर्ब ६५ करोड रुपैयाँ निर्धारण गरिएको छ। तर मंसिरसम्मको प्राप्ति प्रतिशत अघिल्लो वर्ष ३०.३४ प्रतिशत रहेकोमा यस वर्ष २७.४२ प्रतिशतमा सीमित भएको छ।तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को मंसिरमा ४८ करोड ७६ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरमा ४५ करोड २४ लाख ८४ हजार रुपैयाँ मात्र संकलन भएको छ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट खर्च कुल विनियोजन रकम रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन भएकामा हालसम्म जम्मा ८.४४ प्रतिशत खर्च भएको छ। चालु खर्चतर्फ १३ अर्ब ६३ करोड ५५ लाख ४२ हजार रुपैयाँ बजेट रहेकामा १६.५१ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ भने १९ अर्ब ८३ करोड ५ लाख ६ हजार रुपैयाँ बजेट विनियोजन गरिकोमा खर्च २.८९ प्रतिशत रहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल बजेट १५ अर्ब ३२ करोड १७ लाख ४१ हजार रुपैयाँ रहेकोमा कुल खर्च ४.१४ प्रतिशत रहेको छ। सामाजिक विकास मन्त्रालयको ७ अर्ब ५ करोड ५२ लाख ९७ हजार रुपैयाँ बजेटमध्ये कुल खर्च १३.०६ प्रतिशत रहेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कुल बजेट ३ अर्ब २७ करोड ८१ लाख ५३ हजार रुपैयाँ रहेकामा खर्च ६.७६ प्रतिशत मात्र भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कुल खर्च प्रतिशत ११.८१ प्रतिशत देखिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुल खर्च १2.०8 प्रतिशत रहेको छ।आर्थिक मामिला मन्त्रालयको कुल खर्च १8.98 प्रतिशत रहेको छ।आन्तरिक मामिला तथा कानून मन्त्रालयको कुल खर्च 4.०4 प्रतिशत रहेको छ।त्यसैगरी प्रदेश व्यवस्थापिकाको कुल खर्च २७.८४ प्रतिशत र प्रदेश योजना आयोगको १8.97 प्रतिशत खर्च भएको छ। स्थानीय तहतर्फ ३ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ बजेट रहेकामा १७.०१ प्रतिशत खर्च भएको देखिन्छ।
१५ दिनभित्र कार्ययोजना बनाउन मुख्यमन्त्रीको निर्देशन
समिक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारका सबै मन्त्रालय तथा मातहतका कार्यालयहरूलाई १५ दिनभित्र स्पष्ट, समयबद्ध र नतिजामुखी कार्ययोजना तयार गर्न कडा निर्देशन दिनुभएको छ।
मुख्यमन्त्री शाहले मन्त्री तथा सचिवहरूलाई आफ्नो जिम्मेवारी र कार्यक्षेत्र स्पष्ट रूपमा निर्धारण गरी समन्वयका साथ काम गर्न निर्देशन दिनुभयो। उहाँले पुँजीगत खर्च बढाउन कमजोरी पहिचान र तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो।
उहाँले हरेक मन्त्रालयले तयार गर्ने कार्ययोजनामा कार्यक्रमको स्पष्ट लक्ष्य, समयसीमा, जिम्मेवार निकाय र अपेक्षित उपलब्धि समावेश गर्नुपर्ने बताउनुभयो। साथै, कार्यान्वयनमा प्रगति नदेखाउने निकायमाथि जवाफदेहिता कडाइका साथ लागू गरिने चेतावनी पनि दिनुभयो।

  • १३ पुष २०८२, आईतवार २०:५८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU