फुलबारीमा सशस्त्र प्रहरीगणको उद्घाटन
धनगढी २० पुस । सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. फुलबारी नम्बर ३४ नम्बर गण हेडक्वाटरको शुक्रवार धनगढीको फुलबारीमा स्थापना गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र सुदूरपश्चिम शसस्त्र प्रहरी प्रमुख डिआईजी नागेन्द्र थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन । सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. फुलबारी नम्बर ३४ नम्बर गण हेडक्वाटरको उद्घाटन गर्दै नगरप्रमुख वडले अबैध चोरी निकासी तथा सिमामा हुने अपराध नियन्त्रणमा अव सहयोग पुग्ने बताए । सिमामा हुने अपराधिक गतिविधीहरु कडाईका साथ नियन्त्रण गर्नु तपाईहरु लाग्नुहोस नगरप्रमुख वडले भने, यसमा स्थानीय सरकार रचनात्मक सहयोग गर्न तयार छ ।
खुला सिमानाका कारण लागु औषधको दुब्र्यसन तथा कारोवार बढेको गुनासो आईरहेको छ नगरप्रमुख वडले भने, यसका लागि कडा रुपमा प्रस्तुत हुन आग्रह गर्दछौं । शसस्त्र प्रहरीको सक्रियताले चोरी निकासी केहि हद सम्म नियन्त्रण गर्न सकिएको डिआईजी थापाले बताए । हामी सक्रियताका साथ लागेका छौं डिआईजी थापाले भने, स्थानीयको सहयोग बिना सिमामा हुने अपराध रोक्न सकिदैन । उनले आफुहरु बर्दी लगाएको शसस्त्र प्रहरी भएपनि नागरिकहरु बर्दी नलगाएको प्रहरी भएको बताए ।
पछिल्लो समयमा कैलालीमा लागु औषधको दुब्र्यसन गर्नेहरुको संख्या बढेको भन्दै सबैतिर चिन्ता ब्यक्त हुने गरेको छ । फुलबारी क्षेत्रमा सशस्त्र प्रहरी गण स्थापना भएसंगै यसले सिमामा हुने अपराध रोकिने आशा गरिएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया