बिना भेदभाव काम गरिरहेका छौ,नगर प्रमुख जोशी
डोटी । शिखर नगरपालीका डोटीका नगर प्रमुख सिताराम जोशीले नगरपालीकामा विना भेदभाद काम गरिरहेको वताउनु भएको छ ।

वुधवार राधाकृष्ण माध्यामिक विद्यालय शिखर नगरपालिका ५ को ४९ औं वार्षिकोत्सब समारोहमा बोल्दै सो कुरा वताउनु भएको हो । ुहामी चुनाव लड्दा कुनै पार्टीवाट आएका थियौ, अव हामी साझा मान्छे हौ, सोही अनुसार समान व्यवहार गर्नु पर्छ ।
नगर प्रमुख जोशीले भन्नु भयो ( सवै वडामा वडावाट शिफारिस गरेका योजनाहरु समान रुपमा अगाडी वढाइ रहेको वताउनु भयो । अव जन प्रतिनिधिलाइ आ आफ्नो ठाउमा सामाजिक सद्भाव तथा मेलमिलाप अनि विकास निर्माणको जिम्मेवारी समेत रहेको कुरा उल्लेख गर्दै नगर प्रमुख जोशीले ( नगरपालिकामा आइपर्ने समस्यामा नगरपालिका सधै साथमा रहेको वताउनु भयो ।
समाज र नगरको भविश्य अवका वालवालिका तथा युवामा रहेको उल्लेख गर्दै वहाँले भन्नु भयो ( स्कुलले वहाँहरुको गुणस्तरिय शिक्षा मार्फत दक्ष नागरिक तयार गर्न आग्रह गर्नु भयो । त्यसैगरी वार्षिकोत्सबमा शिखर नगरपालिकाका उप प्रमुख धौली देवी रावलले अहिलेको समय अनुसार सवै पक्ष मिलेर स्कूलको गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने वताउनु भयो ।
साथै नगरपालिका नगरपालिकाका महिलाका पक्षमा विभिन्न कार्यक्रम मार्फत लागि परेको वताउनु भयो । त्यसैगरी कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीले नगरपालिकाले नगरपालिका भित्रका स्कूलमा शैक्षिक विकास तथा गुणस्तरका लागि विशेक्ष नीति नै लिएको वताउनु भयो । नगरपालिकामा योजना माग गर्दा निवेदमात्र नभएर विस्तृत योजना पेस गरेमा सजिलो हुने भताउनु भयो । बार्षिक उत्सवमा स्कूलका प्राधानाध्यापक उत्तम एेरले स्कूलको वार्षिक प्रतिवेदन , स्कूलको भावी योजना, समस्या अनि चुनौती पेश गर्नु भएको थियो । कार्यक्रममा शिखर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदम वोहरा, सरस्वती मावि चुडीका साहायक प्राचार्य घंगाराम भट्ट, सारदा मा वि मुडभराका शिक्षक रामचन्द्र जोशीले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्कूललाइ चन्दादाता, जग्गादाता, लामो समय सम्म सेवा गरेका शिक्षक लगायतलाई सम्मान गरेको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया