सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुनर्वास जनता मा वी का सेवा निवृत्त दुई शिक्षकलाई सम्मान

धनबहादुर बिक, पुनर्वास १० असोज । पुनर्वासको अग्रणी बिद्यालय श्री पुनर्वास जनता माविमा सेवा निवृत्त शिक्षक द्वय माधव प्रासाद पोख्रेल र कर्णबहादुर रोकाया लाई बिद्यालय ले सम्मान गरिएको छ ।
बिजया दशमि , शुभ दिपावली छठ पर्व एबं नेपाल सम्वत ११४६ को अवसरमा शुभकामना आदानप्रदान तथा सेवा निवृत्त शिक्षक सम्मान कार्यक्रम को आयोजना गरेको हो ।
शुक्रबार बिद्यालय को आफ्नै नवनिर्मित सभाहलमा एक कार्यक्रम को आयोजना गरि शुभकामना आदानप्रदान तथा सेवा निवृत्त शिक्षक द्वय लाई सम्मान गरिएको हो ।


पुनर्वास नगरपालिका ६ निवासी स्वर्गीय पिता टिकाराम पोख्रेल तथा माता रूक्मिणी पोख्रेल का जेष्ठ सुपूत्र माधव प्रसाद पोख्रेल ले मिति २०६३ मंसिर ८ गतेदेखि २०८२ असोज ५ गतेसम्म बिद्यालय मा माध्यमिक तहको शिक्षक पदमा अनवरत रूपमा कर्तव्यनिष्ठ र ईमानदारीताका साथ बिद्यालय को बृहत्तर विकासमा पुर्याउनुभएको दिर्घ सेवाको उच्च मुल्यांकन गर्दै बिद्यालय ले कदरपत्र सहित दोसल्ला ओढाई सम्मान गरेको छ ।


त्यसतै पुनर्वास नगरपालिका ६ कै अर्का शिक्षक
पिता स्व. कालिभान रोकाया तथा माता स्व. गौमती रोकायाका सुपुत्र कर्ण बहादुर रोकायाले वि.सं. २०४७ सालदेखि २०८१ फागुन ५ गतेसम्म यस विद्यालयको प्राथमिक तहको शिक्षक पदमा अनवरत रुपमा कर्तव्यनिष्ठ र इमान्दारिताका साथ विद्यालयको बृहत्तर विकासमा पुऱ्याउनु भएको दीर्घसेवाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान पत्र प्रदान गरिएको कदरपत्रमा उल्लेख छ।

बिद्यालय ले शिक्षक द्वय दुबै जनालाई सम्मान स्वरूप १-१ महिनाको पारिश्रमिक समेत प्रदान गरेको छ ।
अत्यन्तै शालीन मृदुभाषि शिक्षक रोकाया बिद्यालय मा खेल शिक्षक तथा पुस्तकालय को व्यवस्थापकिय जिम्मेवारी समेत सम्हाल्दै आउनुभएको थियो ।
कार्यक्रम को प्रमुख अतिथिका रूपमा रहेका पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामाले दुबै शिक्षक द्वय लाई सेवा निवृत्त विदाईको शुभकामना दिंदै शैक्षिक जिम्मेवारी बाट विदा लिए पनि सामाजिक जिम्मेवारी रहिरहने कुरामा जोड दिए । वडा अध्यक्ष लामाले दुबै शिक्षक ज्युलाई उज्ज्वल भबिस्यको शुभकामना समेत व्यक्त गरेका थिए ।
नेपाल सरकार बाट नमुना बिद्यालय को जिम्मेवारी प्राप्त गरेको पुनर्वास जनता माविको शैक्षिक गुणस्तर हुनुपर्नेमा जोठ दिंदै बिद्यालय मा अध्ययन गर्ने बिध्यार्थि भाईबैनि हरूले अत्यन्तै अनुशासासित भएर अघि बढ्नुपर्ने कुरामा जोड दिए ।
सो अवसरमा बिद्यालय का प्रधाअध्यापक मानबहादुर तामाङले सेवा निवृत्त शिक्षकद्वय लाई सुखमय जीवन तथा उज्ज्वल भबिस्यको शुभकामना दिएका थिए ।
कार्यक्रममा कक्षा ६ देखि कक्षा १२ सम्म का छात्र छात्रा हरूले नेपाली पोषाक सहित सांस्कृतिक नृत्य हरू समेत प्रस्तुत गरेका थिए ।

सहायक प्र अ नगेन्द्र जेठारा ले सञ्चालन गरेको कार्यक्रम मा स्वागत बहिरा बिशेष श्रोत शिक्षक बिष्णु प्रसाद अर्याल ले गरेका थिए ।

  • १० आश्विन २०८२, शुक्रबार २०:०१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU