पिपि आर रोग नियन्त्रणमाः भ्याक्सिन लगाउने काम तिब्र
डीबी विष्ट पुस १४ बझाङ । बझाङ जिल्लामा देखा परेको पिपि आर रोग नियन्त्रण्मा आएको छ । बाख्रा र भेडाका देखा परेको यो रोग केही समय अघि मात्रै फेला परेको थियो । यस रोगका कारण बझाङ जिल्लामा एक सय भन्दा बढी भेडा बाख्रा मरेको जनाईएको छ । पशुपंक्षी रोग अन्वेशण प्रयोगशाला धनगढीका ल्याब परिक्षण गर्दा पिपिआर रोग पत्ता लागेको हो ।

यो रोग बझाङ जिल्लाको साईपाल गाँउपालीकामा बढी देखा परेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङका निमीत्त कार्यलय प्रमुख बाल्मीकी प्रसाद जोशीले बताउनु भयो । अहिले यो रोग नियन्त्रण्मा आई सकेको उहाँले जानकारि दिनु भएको छ । बढी जस्तो यो रोग बझाङ र बैतडीको सिमाना बढी देखा परेका थियो । यो रोगका कारण बैतडीको सिगास गाँउपालीकामा ८६ भन्दा बढी भेडा बाख्रा मरी सकेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका पशु स्वास्थ्य प्राविधिक विसन सिहँ विष्टले बताउनु भयो । रोग नियन्त्रण गर्नका लागि साईपाल गाँउपालिकामा ३ हजार भेडा बाख्रामा भ्याक्सिन लगाई सकिएको छ र अझै भ्याक्सिन लगाउने काम तिब्र रुपमा भई रहेको छ । यस्तै जिल्लाको खप्तड छान्ना गाँउपालिकामा ६ सय डोज भ्याक्सिन बाख्रा र भेडामा लगाईएको भ्याक्सिन भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङका निमित्त कार्यलय प्रमुख वाल्मीकी प्रसाद जोशीले बताउनु भयो । यस्तै थलारा गाँउपालिका,केदारस्युँ र विथ्थडचिर गाँउपालिकामा समेत ६।६ सउ डोज भ्याक्सिन लगाई सकिएको र भ्याक्सिन लगाउने काम तिब्र रुपमा भई रहेको उहाँले जानकारि दिनु भएको छ । यस्तै यस बर्ष भरि बझाङ जिल्लामा ७० हजार डोज भ्याक्सिन लगाई सक्ने लक्ष्य भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङले राखेको छ । यस्तै बैतडी र दार्चुल्ला जिल्लामा समेत भेडा बाख्रामा भ्याक्सिन लगाउने काम तिब्र रुपमा भई रहेको छ । बैतडी जिल्ला र दार्चुल्ला जिल्लाका लागि भन्दै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीले २० हजार डोज भ्याक्सिन खरिद गरि भ्याक्सिन लगाउने काम भई रहेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका पशु स्वास्थ्य प्राविधिक विसन सिहँ विष्टले बताउनु भएको छ । बैतडी जिल्लामा समेत यो रोग नियन्त्रणमा आई सकेको उहाँको भनाई छ ।
यो एउटा भाईरस भएका कारण एकै समयमा धेरै जस्तो भेडा बाख्रा रोग देखा पर्न सक्ने पशु स्वास्थ्य प्राविधिकहरुले बताएका छन् । यो रोग लागि सके पछि उपचार गर्नु भन्दा पुर्व तयारी गरि भेडा बाख्रामा भ्याक्सिन लगाउन आवष्यक रहेको जोशीले बताउनु भयो । यसको लक्षण पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखीने, एकै गोलका धेरै भेडाहरु मर्ने, भेडा बाख्रामा ज्वरो आउने, नाक बाट सिगान बग्ने, आँसु फाल्ने गर्दछन् । यो लक्षण देखा परेको केही भेडा बाख्रा २४ घण्टा र केही भेडा बाख्रा ४८ घण्टा भित्र मर्ने बढी सम्भावन हुने भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त कार्यलय प्रमुख जोशीले बताउनु भएको छ ।
साथै यस्ता लक्षण बाख्रा र भेडामा देखा परे, नजिकैको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा जानकारी गर्न समेत उहाँले सम्पुर्ण किसानहरुलाई अनुरोध गर्नु भएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया