धनगढीमा व्दन्व्दको पिडा झल्किने प्रस्तुति
व्दन्व्द सकिएपनि व्दन्व्दका बेलाको पिडामा मलहम लाग्न नसकेको धनगढीमा आयोजना गरिएको एक कार्यक्रमका सहभागिहरु अनुभूति गरेका छन । टीकापुरका स्थानीय कलाकारहरुले व्दन्व्दको पिडा झल्किने गरी प्रस्तुत गरिएको नाटकले धेरैका आँखा रसाए‚ धेरैका आँशुले रुमाल भिज्यो ।

तोडौ मौनता‚ अन्त्य गरौ दण्डहिनता भन्ने नाराका साथ कथा कथन‚ चित्र प्रदर्शन र नाटक प्रस्तुतिले सहभागी सबैलाई भावुक बनायो । स्वयम कलाकारुहरुले पनि आँशु थाम्न सकेनन । सशस्त्र व्दन्व्दका बेला बलात्कारमा परेका किशोरीहरु विवाहको केही समयमै परिवारले थाहा पाएपछि घर निकाला हुनु परेको पिडा धेरै बाहिर आउन सकेको छैन ।

पपेट मार्फत पिडितले आफैले वोलेको कथा प्रस्तुत गरिएको कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई न्याय सम्वाददाता तथा व्दन्व्द पिडित तथगा प्रभावित महिला सञ्जालकी सचिव आशा चाैधरीले ज्ञापन पत्र बुझाएकी थिईन ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया