सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

उखु किसानहरुले अनुदानको बापतको रकम पाउनुपर्ने माग राख्दै आन्दोलित

बेलौरी कंचनपुर ९ भाद्र । उखु उत्पादक महासंघ नेपालको अगुवाइमा उखु किसानहरूले आफ्नो बाँकी अनुदान रकम भुक्तानीको माग गर्दै आईतबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्। किसानहरूले उखु नै बोकेर सडकमा धर्ना बसेका छन्।सरकारले गत आर्थिक वर्षसम्म किसानलाई अनुदान बापतको रकम प्रति क्विन्टल रु ७०/- को दरले दिँदै आइरहेको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा सरकारले अनुदानको रकम घटाएर प्रति क्विन्टल ३५ रुपैयाँ दिने घोषणा गरेको छ। किसानहरूले अनुदान बापतको प्रति क्विन्टल रु ७०/- को दरले पाउनुपर्ने माग गर्दै आइरहेका छन्।देशभरिका १३ वटा जिल्लाका करिब ९ सय किसानहरू आन्दोलनमा सहभागी भएका छन।किसानहरूले आफ्ना माग पूरा नभएसम्म धर्ना र विरोध कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन्। देशभरिमा १३ वटा सुगर मिलहरु छन।अनुदानको रकम समयमै नपाएको र पटक-पटक माग गर्दा पनि सरकारबाट कुनै स्पष्ट धारणा नआए पछि हामीले आन्दोलनको बाटो रोजेको कञ्चनपुर उखु हकहित संरक्षण समितिका अध्यक्ष हरि चन्द ठाकुरीले जानकारी दिनुभयो। हामीले राखेका मागको विषयमा सरकार गम्भीर नभए थप आन्दोलनको कार्यक्रम घोषणा गरिने भागेश्वर सुगर मिल उखु हकहित संरक्षण समितिका अध्यक्ष नारायण सिंह भण्डारीले जानकारी दिनुभयो।कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तारा लामा तामाङसँग उखु किसानले राखेका समस्याको विषयमा थप जिज्ञासा राख्न टेलिफोन सम्पर्क गर्दा उखु किसानको अनुदानसम्बन्धी विषयमा आफूले पटक–पटक संसदमा आवाज उठाएको बताउँदै किसानहरूले राखेका मागहरू जायज रहेको उल्लेख गर्दै यस विषयमा पुन:सरकार र अर्थमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो।
कञ्चनपुर क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले किसानहरूको समस्याका विषयमा आफू स्वयंम काठमाडौंमा रहेको बताउनुभयो।सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम घटाएर किसानहरूलाई थप निराश बनाएको बताउनुभयो।सरकारले विगतका वर्षझैँ अनुदान रकम उपलब्ध गराउनुपर्ने समेत बताउनुभयो।

  • ९ भाद्र २०८२, सोमबार ०८:५३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU