सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

म मोडलिङ्गको लागि जन्मेको हो

धनगढी चौराहमा जन्मनुभएकी दिपा शर्मा पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा सक्रिय रहेकी छन् । सानो उमेर देखि कलाकारिता क्षेत्रमा लाग्ने आफनो रुची भएको बताउने शर्मा यसै मोडलिङ्ग क्षेत्रमा सक्रिय रहने बताउछन् । पहिलो पटक आयोजना भएको मिस सुदूरपश्चिमाञ्चल नेपालको टप १० मा पर्नुभएको थियो । आफुलाई मोडलिङ्गको लागि जन्मेको हो भन्ने शर्माले बिभिन्न कार्यक्रममा सहभागि भएर अर्वाड समेत पाएकी छन् । उनले अभिनय गरेको म्यूजिक भिडियो समेत बजारमा आएको छ । यसै सन्र्दभमा पत्रकार निराजन परियारले उनी संग गरेको यो कुराकानी….

 मोडेल दिपा शर्मा

आजभोली के मा व्यस्त हुनुहुन्छ ?
अध्ययान र मोडलिङ्ग क्षेत्रलाई संगसंगै अगाडी बढाउदै छु । यसै क्षेत्रमा केही गर्नुपर्छ भनेर अभिनय पनि सिक्दै छु ।

खासमा दिपा शर्मालाई के भनेर चिन्ने ?
मोडलिङ्ग क्षेत्रमा भविष्य खोज्ने एउटा मोडेल भनेर ।
तपाई बिवाहित की अबिवाहित ?
हा…हा..हास्दै म त अबिवाहित नै हो,की बिवाहित जस्तो लाग्छु र ।
बिहे गर्ने समय भएन् र भन्या ?
बिहे गर्ने समय अहिले नै भएको जस्तो लाग्दैन् । अझै यो क्षेत्रमा केही गर्नु छ, पहिले आफ्नो भबिष्य बनाउनु छ । त्यसमा पनि केटीहरुले आफै सक्षम र आफनो खुट्टामा उभिय पछि मात्र बेहे गर्नुपर्छ जस्तो लाग्छ ।

हेर्दा निकै राम्री हुनुहुन्छ प्रेम प्रस्ताव कत्तिको आउछ ?
हाहा..होर त्यस्तो राम्री छु र …प्रेम प्रस्ताव त आउछन् केटी भएपछि आउनु स्वभाविक हो । धेरै जस्तोले समाजिक सञ्जाल मार्फत प्रेम प्रस्ताव राख्छन् । यो बिषयमा मेरो सोच नै फरक छ पहिले करियर त्यसपछि बिहे ।
अपरिचित व्यक्तिले प्रेम प्रस्ताव राख्यो भने के गर्नुहुन्छ ?
सिधै अस्र्विकार गर्छु ।

तपाईलाई मन पर्ने कलाकार भन्नु पर्दा ?
मलाई मन पर्ने कलाकार धेरै छन् त्यसमा पनि गौरी मल्ल,प्रिङका कार्की,आयुषमान देशराज जोशी,दिपिका कादुकोण,तप्सीपन्नो,र मल्होत्ता लगाए मन पर्छन् ।

अबको ५ बर्ष पछि यहाँलाई कस्तो अवस्थामा देख्न सकिन्छ ?
अबको ५ बर्षमा मलाई यसै क्षेत्रमा सक्रिय रुपमा लागेको देख्नुहुन्छ होला । फेसन डिजायनरमा पनि ठुलो सोख छ यसमा पनि सक्रिय हुन्छु ।

यो क्षेत्रमा लाग्ने प्रेरणा को बाट पाउनुभयो ?
यो क्षेत्रमा लाग्ने प्रेरणाको स्रोत मेरो घरपरिवार आमाबुवा नै हुनुहुन्छ । आमाबुवा र साथीहरुको मायाले आज यो ठाउँमा छु । भोली आमाबुवालाई आफनो नामले चिनाउन चाहन्छु ।
अबको योजना के छ ?
अहिले बिभिन्न ठाउँबाट अफर आईरहेको छ,म्यिुजिक भिडियोको लागि, अबको योजना पनि मोडलिङ्ग नै हुन्छ मेरो । भर्खर एउटा म्यिूजिक भिडियो र हिन्दी सट मुभी वन वेमा पनि अभिनय गरेकी छु ।
कलाकारिता क्षेत्रमा प्रवेश गर्ने लाई के भन्नुहुन्छ ?
यो क्षेत्रमा रहरले लाग्नु भन्दा धेरै कुरा सिकेर आउनुपर्छ । सघर्ष गर्नुपर्छ मेहन र ईमान्दारिताले अवश्य सफल बनाउछ ।
धन्यवाद यहाँलाई महत्वपुर्ण समयको लागि ?
धन्यवाद यहाँलाई पनि मेरा केही कुरा राख्न दिएकोमा हजुरलाई ।

  • ३१ श्रावण २०७५, बिहीबार ०५:४५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न डिआईजीको संयोजकत्वमा समिति गठन
    सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूची सहित)
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU