सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गैरआवासीय नेपाली पेशाकर्मी १०० बढीले कांग्रेसलाई मतदान गर्न अपील

काठमाडौँ १४ फागुन । अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेशामा आबद्ध गैरआवासीय नेपालीले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न अपील गरेका छन् । विभिन्न मुलुकमा बस्दै आएका १३४जना डाक्टर, इन्जिनियर, प्राध्यापकलगायत विभिन्न पेशाकर्मी गैरआवासीय नेपालीले निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् ।

अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेशामा आबद्ध गैरआवासीय नेपालीले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न अपील गरेका छन् । विभिन्न मुलुकमा बस्दै आएका ११८ जना डाक्टर, इन्जिनियर, प्राध्यापकलगायत विभिन्न पेशाकर्मी गैरआवासीय नेपालीले निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् ।
एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नेपाली कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् । नेपाली कांग्रेसभित्र सुधारको प्रक्रिया शुरू भएको जनाउँदै “बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने नारासहित पार्टी निर्वाचनमा होमिएको उल्लेख गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
विविध भाषाभाषी, जातजाति र सांस्कृतिक पृष्ठभूमि भएको मुलुकमा समावेशी राजनीतिक शक्तिका रूपमा नेपाली कांग्रेसले नै देशलाई एकताबद्ध र समृद्धिको मार्गमा डोहोर्याउन सक्ने उल्लेख छ ।
गैरआवासीय नेपालीहरूले नेपालकोलोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा संविधान निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिकालाई स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रभावकारी कार्यान्वयनका लागि अनुभवी र लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको जनाएका छन् ।
अमेरिकास्थित प्राध्यापक डा यादव पण्डितले नेपाली कांग्रेसले आफ्नोप्रतिज्ञापत्रमा मुलुकको रूपान्तरणकारी रस्पष्ट मार्गदर्शन सहितकोभिजन रकार्ययोजना ल्याएकालेयो आम चुनावमा कांग्रेस नै एकमात्र भरपर्दो विकल्पको रुपमा उपस्थित भएको जानकारी दिए ।
वंशजको नेपाली नागरिकताको निरन्तरता तथा गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन लगायतका मुद्दामा नेपाली कांग्रेसले स्पष्ट प्रतिबद्धता ल्याएको र अरु दलहरूको लोकतन्त्र प्रतिको आस्थाको अझै परीक्षण हुन बाँकी रहेकाले नेपाली कांग्रेसको विकल्प मुलुकमा अझै स्थापित भैनसकेको उनको भनाइ छ ।
संयुक्त विज्ञप्तिमा अहिलेमुख्य चुनौतीका रूपमा रोजगारी अभाव, उद्योगधन्दाको कमजोर अवस्था, पूर्वाधार आयोजनामा ढिलाइ, शिक्षा र सीपबीचको अन्तर, तथा सरकारी तहमा देखिएको भ्रष्टाचार र सेवा प्रवाहको सुस्ततालाई रहेको उल्लेख गर्दैछिमेकी मुलुकहरू तीव्र आर्थिक वृद्धि र प्रविधि विकासतर्फ अघि बढिरहेको अवस्थामा नेपालले समयमै निर्णय लिन नसके श्रम निर्यातमुखी अर्थतन्त्रमै सीमित हुने खतरा बढ्ने चेतावनीसमेत दिइएको छ ।
नेपाल लामो समयदेखिको राजनीतिक संक्रमण, बारम्बार सरकार परिवर्तन, नीतिगत निरन्तरताको अभाव तथा कार्यान्वयन कमजोर हुँदा थकित बनेको जनाउँदैयसले जनताको धैर्य क्षीण बनाएको र विशेषगरी युवाहरू परिणाममुखी नेतृत्वको खोजीमा रहेको जनाइएको छ।
संसार भरिरहेका लोकतन्त्रवादी बुद्धिजीवीहरूलेआगामी संसद् संख्यात्मक समीकरणभन्दा पनि प्रभावकारी, जिम्मेवार र जनभावनाको प्रतिनिधित्व गर्ने हुनुपर्ने बताउँदै सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवाहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न कांग्रेसलाई नै जिम्मा दिनु पर्ने जनाएका छन् ।विज्ञप्तिमा सम्पूर्ण नेपाली मतदातालाई आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न आग्रह गर्दै मुलुकलाईस्थायित्व, सुशासन र दिगो विकासतर्फको यात्रामा अगाडि बढाउन नयाँ नेतृत्वसहित अगाडि बढेको कांग्रेसलाई नै अवसर दिनु पर्ने जिकिर गरिएको छ ।

Screenshot

Screenshot

Screenshot

Screenshot

Screenshot

  • १४ फाल्गुन २०८२, बिहीबार १९:०२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU