गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न डिआईजीको संयोजकत्वमा समिति गठन "तीन महानगर प्रहरी पक्राउ "
काठमाडौं २६ असार । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीले आत्मदाह गरेको घटना संघीय सरकारका कारणले नभई स्थानीय सरकार मातहतको महानगर प्रहरीले गर्दा भएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठक समय लिएर उनले भने ‘गणेश नेपालीले आत्मदाह गरेको घटना संघीय सरकारसँग प्रत्यक्ष सम्लग्न छैन्। काठमाडौं महानगरमा कसको सरकार छ भन्ने कुरा सांसदहरुलाई थाहै होला। संघीय सरकार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको छ। प्रदेश र स्थानीय तहमा हाम्रो सरकार छैन।’
रोस्ट्रममा भावुक रुपमा प्रस्तुत भएका गृहमन्त्री गुरुङले पीडाको समयमा राजनीति नगर्न आग्रह गर्दै दुखको बेला आफूले कसैलाई पनि अर्को दलको सांसद भनेर विभेद नगरेको बताए।
‘‘सम्मानित सदनलाई सभामुखमार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु’, सदनमा सांसदहरुले गणेश नेपाली आत्मदाह प्रकरणमा सरकारको भूमिकाको विषयलाई लिएर गरेको प्रश्नप्रति असन्तुष्टि जनाउँदै भने, ‘हाम्रो तीन तहको सरकार हुन्छ। प्रदेशमा र स्थानयि तहमा हाम्रो सरकार छैन।’
उनले भने, ‘जुन ठाउँमा घटना भयो, त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन। यो नियम कानुन तपाईंहरूले बनाएको हो, हामीले त्यही कानुन टेकेको हो।’
उनले घाईते भएका नेपालीलाई बचाउन आफूले रात भरी काम गरेको विषयलाई स्टण्डबाजी भनेर आलोचना गरे पनि जनताको सेवाका लागि आफू स्टण्डबाजी नै सही भनी बताए। उनले गणेश नेपालीलाई थप उपचारको लागि भारत लैजान खोजे पनि उनको स्वास्थ्य स्थिर नभएकोले चिकित्सककै सल्लाहमा पर्खिएको बताए।
गृहमन्त्री गुरुङले विहीबार आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा बचाउन नसकेको र आज निधन भएको बताए।
तीन महानगर प्रहरी पक्राउ
गृहमन्त्री गुरुङले गणेश नेपाली आत्मदाहा प्रकरणमा जोडिएका काठमाडौं महानगर प्रहरीका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाए।
सो घटनाको विषयमा छानबिन गर्न ससकारले नेपाल प्रहरीका नायव महानिरिक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको बताए। समितिका अन्य सदस्यहरु पछि तोकिने उनले जनाए ।
यसअघि प्रतिनिधिसभाका सदस्यहरुको तीन दिनको भत्ता निधन भएका गणेश नेपालीको परिवारलाई उपलब्ध गराउने प्रस्ताव सदनले पारित गरेको थियो।
यता महानगर प्रहरीले मोटरसाईकल केही बेर रोकेर सवारी साधनमा चढेका नेपालीलाई काठमाडौं महानगरका प्रहरीले ह्वील लक गरी तीन घण्टा नियन्त्रणमा लिएका थिए।
त्यसपछि नगरप्रहरीकै अघिल्लतिर पेट्रोल खन्याएर आत्मदाह गर्दा समेत नगर प्रहरीले त्यसलाई नरोकेको दृष्य हाल सामाजिक सञ्जालमा भाईरल भएको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया