बझाङमा १४ बर्षिया बालक४ दिन देखी बेपत्ता
डीबी विष्ट पुस १२ बझाङ ।बझाङको खप्तड छान्ना गाँउपालीका वडा नम्बर ६ का एक बालक ३ दिन देखि बेपात्ता भएका छन् ।

खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ पुजारीगाँउका तेज बहादुर खड्काका १४ बर्षिया छोरा शक्ती खड्का सोमबार देखि बेपत्ता भएको बालकका दाजु सन्तोस खड्काले बताउनु भयो ।
सोमबार दिउसो एका एक घर बाट बेपत्ता भएका खड्काको खोजि कार्यका लागि स्थानीय बासिन्दा लागि परेको र प्रहरी लाई समेत जानकारी गराइ सकेको खड्काले बताउनु भयो ।
सोमबार बेलुका तमैल बजार नजिकै बालक देखा परे पनि त्यहाँ बाट कहाँ हराए भन्ने अत्तोपत्तो नभएको उहाँको भनाई छ । बालकले कालो र रातो रगंको टिप टिपे टाउजर र माथि पहेलो र हरियो रंगको फुल सर्ट लगाएको थियो ।
बालक सुस्तमनस्थिती रहेको उहाँले बताउनु भएको छ । घरपरिवारले कोहि कसैले फेला पारे नजिकैको प्रहरी चौकीमा जानकारी गराई सहयोग गरिदिन अनुरोध समेत गरेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया