कार्यकक्षमै कुटपिट भएको घटनाप्रति एमाले गौरीगंगाले बुझायो ध्यानाकर्षण पत्र

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी कुटिएपछि सेवा प्रभावित भएको भन्दै नेकपा एमाले गौरीगंगा नगरपालिका नगर कमिटीले नगरप्रमुख देविदत्त कँडेललाई ध्यानकर्षण पत्र बुझाएको छ ।
साउन १ गते गौरीगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्री धर्मानन्द जोशीमाथि उहाँको कार्यकक्षमै नगर प्रमुख देवीदत्त कँडेलका ज्वाई पर्ने सहयोगी उमेश जोशीले कुटपिट तथा दुव्र्यवहारको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरेको छ ।
विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनी कारबाही गरी नगरपालिकाबाट दिने सेवा सुबिधा सुचारु गर्नुपर्ने एमाले गौरीगंगा नगर कमिटी उपाध्यक्ष रोहित प्रसाद भाटले बताउनुभयो ।
प्रमुख प्रशासकीयको कार्यकक्षमै भएको यस्तो आक्रमण सम्पूर्ण राष्ट्र सेवक कर्मचारीको मर्यादा आत्मसम्मान सुरक्षा र संस्थागत शिष्टाचार विरुद्धको गम्भीर विषय हो। नगरपालिकाको कार्यालय जन्य गतिविधिको मर्यादा कर्मचारीको मनोबल र सुनिश्चित गर्नु नगरप्रमुखको नैतिक तथा वैधानिक जिम्मेवारी हो।
यस्ता घटनाले कार्यालयका कर्मचारी मात्र नभएर समग्र नगरवासी र सेवाग्राहीमा असुरक्षित माहोल सिर्जना भएकोले अभिलम्ब घटनाप्रति संवेदनशील आवश्यक छानबिन सम्मानजनक व्यवहार र सुरक्षाको सुनिश्चितता गर्दै दोषी उपर कारबाही अगाडि बढाउनुका साथै जनताका दैनिक कार्यहरू यथाशीघ्र सुचारु गर्नका लागि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौँ पत्रमा उल्लेख गरेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया