लैङ्गीक हिंशा कम गर्नः लैङ्गीक हिंशा नियन्त्रण संजाल समिति गठन
डीबी विष्ट पुस १० बझाङ । बझाङ जिल्लामा हुने लैङ्गीक हिंशा नियन्त्रण गर्नका लागी जिल्ला स्तरीय लैङ्गीक हिंशा नियन्त्रण संजाल समीती गठन गरीएको छ ।

जिल्ला प्रहरी कार्यालयका कार्यलय प्रमुख प्रहरी नायब उपरिक्षक प्रविण धितालको संयोजगत्वमा २५ सदस्य लैङ्गीक हिंशा नियन्त्रण संजाल समीती गठन गरीएको हो । मंगलबार जिल्लाका सरोकावालाहरु संग छलफल गरी समीती गठन गरीएको हो ।

समीतीमा जिल्लामा महिला हिंशाा न्युनिकरणमा आबद्ध संघ संस्था, समाजसेवि, जनप्रतिनीधी, अधिकारकर्मी, पत्रकार, शिक्षक, बाल क्लब, लगातयको सहभागीता रहेको छ । समीतीले लैङ्गीक हिंशा पिडीतलाई उद्धार गर्ने, सामुहकि हस्तक्षप गरी हिंशा रोक्ने, अनुसन्धानमा सहयोग गर्ने, पडीतलाई कानुनी सल्लाह दिने तथा मनोपरार्मस गर्ने, पिडीतको न्यायका लागी पहल गर्ने लगायत रहेको लैङ्गीक हिंशा नियन्त्रण संजाल समीतीका संयोजक तथा प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो । पछिल्लो समयमा बझाङ जिल्लामा बाल विवाह र बहु विवाहका कारण लैङ्गीक हिंशाका घटनाहरु जिल्ला प्रहरी कार्यलयमा आउने गरेको डिएसपि धितालले बताउन भयो । उसको अन्त्यका लागी अब समीतील जनस्तरमा नै गएर सचेतना तथा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न आवष्यक रहेको समेत उहाँको भनाई छ । अब को कही समय पछी गाँउपालीका तथा नगरपालीका र वडा स्तरीय लैङ्गीक हिंशा नियन्त्रण संजाल समीती गठन गरीने समेत उहाँले जानकारी दिनु भएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया