सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कुण्डा सब वन डिभिजन कार्यालयव्दारा निशुल्क विरुवा वितरण


धनबहादुर बिक, २८ असार। कञ्चनपुरको कुण्डा सव डिभिजन वन कार्यालयद्वारा शनिवार बाट निशुल्क बिरुवा बितरण कार्यक्रमको पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले निःशुल्क बिरुवा बितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो।

डिभिजन वन कार्यालय कञ्चनपुरको आर्थिक वर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कुण्डा सब डिभिजन वन कार्यालय पचकडिया कंचनपुरको नर्सरीमा उत्पादन भएका गोल्ड मोहर वीरेन्द्र फूल राजवृक्ष टिक मसला अमला बकाइनो अम्बा कागती जामुन कपूर सिसौ निम मोरिंगा प्रजातिका बिरुवाहरू यही असार २८ गतेदेखि निःशुल्क रुपमा वितरण गर्न सुरु गरिएको कुण्डा सव डिभिजन कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो।

वितरण प्रकिया ५० बिरुवाको लागि नेपाली नागरिकताको प्रतिलिपि ५० देखि ५०० बिरुवा सम्मको लागि जग्गाधनी प्रमाणपत्र ५०० बिरुवा भन्दा माथि स्थानिय वडा कार्यालयको सिफारिस बिधालय ,संघ संस्था सार्वजनिक निकाय कार्यालयले बृक्षारोपण गर्ने स्थान खुलाई सम्बन्धित् कार्यालयको आधिकारिक पत्र सहित आए पश्चात बिरुवा उपलब्ध गराइने समेत बताउनुभयो।कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा,प्रदेश वन निर्देशनालय धनगढीका महानिर्देशक हेमराज विष्ट, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचरी ठाकुर,पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी राना,पुनर्वास नगरपालिकाका निवर्तमान नगर उप प्रमुख शारदा विष्ट, वडाध्यक्ष,वन कार्यालयका कर्मचारी लगायत स्थानिय सञ्चारकर्मीको उपस्थिति रहेको थियो।


कार्यक्रम बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बिरुवा बितरण गरिए सँगै वितरण गरिएका बोट बिरुवाको वन कार्यालयले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा बोल्दै प्रदेश वन निर्देशनालय धनगढीका महानिर्देशक हेमराज विष्टले वृक्षारोपण गर्नाले वातावरणमा हरियाली हुनुका साथै प्रशस्त रुपमा अक्सिजन प्राप्त गर्न सकिने बताए ।

उनले उपस्थित सम्पूर्णलाई बिरुवा लगाउने तरिकाको विषयमा जानकारी गराउनुभएको थियो।यस वर्ष कुण्डा सब डिभिजन वन कार्यालयबाट ८५ हजार बिरुवा वितरण गरिने प्रमुख यादवले जानकारी दिनुभयो।

  • २९ असार २०८२, आईतवार ०७:३६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU