क्यान्सर लागेको पिडा सहन नसक्दा आत्महत्या
डीबी विष्ट पुस ९ बझाङ । बझाङको मष्टा गाँउपालीका वडा नम्बर ३ भण्डारीगाँउका ६५ बर्षिया अपाङ्गता भएका बृद्धले झुण्डी आत्महत्या गरेका छन् ।

सोमबार विहान आफ्नो घर बाट झण्डै ३० मीटर पर रहेको पैयुको रुखका डोरीमा झुण्डीएर आत्महत्या गरेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो ।
केही बर्ष पहीला मात्रै खुट्टामा क्यान्सर देखा परे पछी खुट्टाको अप्रेशन गरी खुट्टा फाल्नु परेको प्रहरीको भनाई छ । समाज र परिवारका सदस्यहरुले अपहेलना गर्ने र क्यान्सर लागेको ब्याक्ती भन्दै घृणा गर्ने गरेका कारण बृद्धको केही महीना अघि देखी मानशिक सन्तुल समेत ठिक नभएको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी प्रविण धितालेको भनाई छ ।
समानको अपहेलना र परिवारका सदस्यहरुको माया नपाउनुले पनी बृद्धले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान भई रहेको छ । अहिले बृद्धको सब पोष्टमाटमका लागी जिल्ला अस्पतालका राखीएको प्रहरीले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया