सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मुस्लिम समुदायमा सशक्तीकरण आवश्यक :प्रदेश प्रमुख मियाँ

धनगढी १२ जेष्ठ । कैलाली, सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको सशक्तीकरण अपरिहार्य रहेको बताएका छन्। धनगढीमा आयोजित मुस्लिम जागरण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले संविधान जारीपछि मुस्लिम समुदायले महत्त्वपूर्ण अधिकार प्राप्त गरेको बताए। उनले अब ती अधिकारलाई संस्थागत गर्दै समुदायको जीवनस्तर उकास्न आवश्यक रहेको धारणा व्यक्त गरे। नेपाल बहु९धार्मिक, बहु९जातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै समुदायबीच पारस्परिक सम्मान र सद्भाव आवश्यक रहेको पनि प्रदेश प्रमुख मियाँले उल्लेख गरे। कार्यक्रम धनगढी–१ स्थित धर्मोदय सभा शाखाको बुद्ध विहारमा सम्पन्न भएको हो।

कार्यक्रममा मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायमा देखिएका समस्या समाधान गर्न आयोग प्रतिबद्ध रहेको बताए। नुरी जामे मस्जिद सङ्घ अध्यक्ष डा।मेराज आलम अन्सारीले आर्थिक, सामाजिक र सांस्कृतिक सशक्तीकरणमा जोड दिनुपर्ने बताए। महिलाको नेतृत्व विकास र समावेशी नीति आवश्यक रहेको उनको भनाइ थियो। कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले बौद्ध विहारमा मुस्लिम समुदायको कार्यक्रम आयोजना हुनु धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरण भएको बताए।

अर्का वक्ता मस्कुर अहमदले मुस्लिम समुदायमा शिक्षाको गुणस्तर सुधार गर्नु आजको आवश्यकता भएको बताए। कार्यक्रमका सहभागीहरूले मदरसाको स्तरोन्नति, मुस्लिम नागरिकताको समस्या, शिक्षा तथा स्वास्थ्यमा पहुँच अभाव र लागू औषध प्रयोग बढिरहेको जस्ता विषयमा आवाज उठाएका थिए। आयोगले यी समस्याहरू समाधानका लागि पहल गर्ने जनाएको छ। त्यसै आजै सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पनि बुझेका छन्।

सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अलीले आर्थिक वर्ष २०८०र०८१ को प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गर्दै आयोगका क्रियाकलाप, उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए। प्रदेश प्रमुख मियाँले प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेश सभामा छलफलका लागि पेश गरिने जानकारी दिए। यस्ता प्रतिवेदनहरू नीति निर्माणमा मार्गदर्शक बन्न सक्ने उनको विश्वास थियो।

कार्यक्रममा निमित्त सचिव शेखर कुमार रोकाया, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली, अधिकृतहरू शमशेर बहादुर रावल, दीर्घराज भट्ट, कानुन अधिकृत पूजा रतौकी लगायतको उपस्थिति रहेको थियो।

  • १२ जेष्ठ २०८२, सोमबार १२:४९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU