अछामका राजु तिरुवा कैलालीमा सम्पर्क बिहिन

अछाम साँफेवगर नगरपालिका वडा नम्बर ५ नवाठाना घर भई रोजगारीका लागि भारतको राजकोटमा बस्ने राजु तिरुवा सम्पर्क बिहिन भएका छन् ।
जग्गाको कामको लागि चार दिन पहिले कैलालीको बौनियाँ आएका ४० बर्षिय राजु तिरुवा अहिले सम्म सम्पर्कमा नआएको छिमिकी भाई हिरण्ड तिरुवाले जानकारी दिनुभयो ।
जेठ १ गते जग्गाको कामको लागि कैलाली जिल्लाको बौनियाँ आएको र सबै आफ्न्तहरुलाई खबर गर्दा पनि कसैको सम्पर्कमा नआएको परिवारले जनाएको छ ।
दाई हराएपछि खोजि गरी सहयोग गरिदिन परिवारले कैलालीमा रहेका सबै लाई आग्रह गरेका छन् । कसैले फेला पारेमा मा यो सम्र्पक नम्बर ९७४९७५२४९३ वा नजिकको प्रहरीलाई खबर गरिदिन परिवारले आग्रह गरेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया