सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मानवबस्ती चुरेतर्फ तिब्रगतिमा बढ्दै

यमुना साउद । धनगढी,३१ बैशाख / सुदूरपश्चिमका पहाडी जिल्लाबाट कैलालीको चुरे गाउँपालिकातर्फ बसाइँसराइ गर्नेहरूको संख्या पछिल्ला केही वर्षयता तीव्ररूपमा बढिरहेको छ । बझाङ, दार्चुला, अछाम, डोटी लगायत जिल्लाबाट खासगरी सस्तो जग्गाको खोजी, सडक सञ्जाल, शिक्षा र स्वास्थ्य सेवा सुविधामा सहज पहुँच र कृषि सम्भावनालाई कारण देखाउँदै चुरेमा बसाइँ सराइँको गन्तव्य बनाउन थालेका हुन् । धनगढीबाट नजिकै पर्ने चुरे गाउँपालिका पछिल्लो समय पहाडबाट झर्ने परिवारका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी शिक्षा, स्वास्थ्य, रोजगारी र व्यापारको मुख्य केन्द्र भएकाले तराई नजिकैको चुरे गाउँपालिकाले विकल्पका रूपमा बसोबास गर्नेहरूलाई तानिरहेको हो ।

२०७० सालदेखि चुुरे–६, मा बसोबास गर्दै आएका जयराज धामी दार्चुलाको नौगाड गाउँपालिका–३, धुलीगाडाबाट बसाइँ सरेर आएका हुन् । दार्चुलामा पुस्तौनी जग्गा जमिन भए पनि उब्जनीले वर्षभरि छाक टार्नै मुस्किल पथ्र्यो उनको परिवारलाई । घर गुजारा गर्न उनी कालापहाड उक्लनै पथ्र्यो । ‘पहाडमा जग्गा त थियो, तर उत्पादनै हुँदैन थ्यो,’ उनले भने,‘परिवार पाल्न भारत जानुको विकल्पै थिएन ।’

पुख्र्यौली थातथलोमा स्वास्थ्य, शिक्षा, खेतीपातीका साथै आधारभूत सुविधा नभएपछि उनका चार भाइ मिलेर चुरे गाउँपालिका–६ मा जमिन किने। पुख्र्यौली सम्पत्ति बेचबिखन गर्नुका साथै भारतबाट कमाएको पैसाले आफूहरुले चुरेमा जमिन किनेको उनले बताए । उनले भने,‘भारतबाट कमाएको पैसा र केही पहाडको सम्पत्ति बेचेर यहाँ जमिन किन्यौ, यहीँ घर बनायौँ ।’ अहिले स्वास्थ्य उपचार होस् वा बालबालिकाको पढाइ, सबै कुरा सहज भएको उनी बताउँछन् । दार्चुलाबाट चुरेमा बसाइँ सरेपछि स्वास्थ्य उपचारका लागि पनि नजिकै रहेको धनगढीमा समयमै पुग्न सजिलो भएको उनी बताउँछन् । ‘अहिले बसोबास गरिरहेको ठाउँबाट धनगढी पुग्न तीन घण्टा मात्रै लाग्छ, जुन सुविधा पहाडमा (दार्चुला) कल्पना गर्नै मुस्किल थियो,’ उनले भने,‘यहाँको हावापानी हामी पहाडबाट झर्नेहरुका लागि उपयुक्त छ, न त अत्याधिक चिसो, न अत्याधिक गर्मी नै ।’

धामी जस्तै बझाङको बुङ्गल नगरपालिकाका ध्रुव बोहरा पनि २०७७ सालमा चुरे झरेका हुन् । उनी चुरे गाउँपालिका–१ मा बसोबास गर्दै आएका छन् । पहाडमा कृषि उपज रामै्र उत्पादन भए पनि बजारसम्म पु¥याउनै सकस हुने गरेको बताउँदै उनले भने,‘बझाङमा उत्पादित केही वस्तु डोकोमा दुई/तीन घण्टा बोकेर मात्रै सडक भएसम्म पुगाउन सकिन्थ्यो भने फेरि त्यहाँबाट बजार पुगाउनै समय र पैसा उस्तै लाग्थ्यो ।’ उनी चुरेतिर बसाइँ सर्नुको मुख्य कारण नै त्यहाँको सडकको पहुँच, मलिलो जमिन, र पूर्वाधारको उपलब्धता रहेको बताउँछन् । ‘यहाँ आएपछि त जीवनशैली नै फेरियो,’ उनी भन्छन्,‘अहिले टमाटर खेती गर्छु, बजारसम्म गाडीमै पु¥याइन्छ । टमाटरबाट मात्रै वार्षिक दुई लाख पचास हजारभन्दा बढी आम्दानी हुन्छ ।’ खेतीसँगै उनी पशुपालनमा पनि सक्रिय छन् । भेडा–बाख्रा पालनबाट मात्रै उनी वार्षिक अढाई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

‘यहाँको घाँसपात, वातावरण सबै उपयुक्त छ,’ उनले भने,‘तरकारी खेतीका लागि पनि मौसम ठीक छ, पानीको राम्रो प्रबन्ध भयो भने सुन्तला खेती गर्न सकिन्छ ।’ बोहरा चुरेको सहज जीवन, नजिकै अस्पताल, विद्यालय र बजार पहुँचले परिवारको भविष्य सुरक्षित भएको महसुस गर्दै आएका छन् । ‘पहाडमा पढाइको लागि छोराछोरीलाई टाढा पठाउनु पथ्र्यो,’ उनले भने,‘ यहाँ त विद्यालय नजिकै छ । अस्पताल चाहियो भने दुई घण्टामै पुगिन्छ ।’ उनका अनुसार पहाडको जीवनमा कठिनाइ धेरै थियो, तर सम्भावना कम । चुरेमा भने प्रयास गर्नेलाई अवसर र आम्दानी दुवै रहेको उनको अनुभवले बताउँछ । ‘सुगमता खोज्दै पुख्र्यौली थातथलो छोडेर आइयो,’ उनले भने,‘अब फर्किने त कुरै छैन ।’ उनी चुरे क्षेत्र तरकारी र सुन्तला खेतीका लागि अति उपयुक्त ठाउँ भएको बताउँछन् । ‘यहाँको माटो हल्का र मलिलो छ,’ उनले भने,‘सिँचाइको व्यवस्था भयो भने अझै राम्रो उत्पादन हुन्छ ।’

यस्तै, दार्चुला नौगाड गाउँपालिका–३, का नवीन ठगुन्ना पनि विगत १५ वर्षदेखि चुरे गाउँपालिका–६ मा स्थायीरूपमा बसोबास गर्दै आएका छन् । भिरालो जमिन, घाँस दाउराको समस्या र जीवनयापनको कठिनाइका कारण उनी पहाडबाट चुरे झरेको बताउँछन् । ‘उतातिरको जमिन भिरालो थियो, चोटपटक लागिरहन्थ्यो,’ उनले भने,‘त्यसकारण चुरेमा बसाइँ सरेको हुँ ।’ उनका अनुसार पहाडमा उत्पादन कम हुने, बुबालाई रोजगारीको लागि भारत जानुपर्ने जस्ता चुनौती थिए । ‘दार्चुलामा उत्पादन पनि खासै नहुने । बुवाले भारतमै गएर काम गरी परिवार पाल्नु पर्ने बाध्यता थियो,’ उनले भने,‘अहिले चुरेमा आइसकेपछि त्यो समस्या टरेको छ ।’ हाल उनी चुरेमा उखु खेती र बाख्रापालनबाट नियमित आम्दानी गर्दै आएका छन् । ‘यहाँ बाख्रापालनका लागि नजिकै घाँसपात छ भने बारीमा उखु खेती पनि फस्टाएको छ,’ उनी भन्छन्,‘दार्चुलाको तुलनामा यहाँ राम्रो आम्दानी हुन थालेको छ ।’

चुरे गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले दिएको तथ्याङ्क अनुसार पछिल्लो दस वर्षमा मात्रै चार सय १६ बढी परिवार चुरेमा बसाइँ सरेर आएका छन् । बसाइँसराई गरी आउनेमा सबैभन्दा बढी बझाङ र दार्चुलाबाट रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अपरेटर विशाल साउँदले बताए । पहाडको अप्ठ्यारो जीवन, उब्जनीको कमी र सेवा सुविधाको अभावका कारण चुरे जस्ता भू–भाग अहिले नयाँ बस्तीमा परिणत भएका छन् । सस्तो मूल्यमा उपयुक्त जमिन, राम्रो मौसम, धनगढी नजिकको पहुँच र कृषि सम्भावनाले गर्दा चुरे गाउँपालिका बसाइँसराइको नयाँ गन्तव्य बनिरहेको छ ।

सुदरपत्रबाट

  • १ जेष्ठ २०८२, बिहीबार ०२:१५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU