सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रदेश सरकाबाट अनुदान प्राप्त गर्ने सेवाग्राही को नाम सार्वजनिक गरिने

धनबहादुर बिक – धनगढी – माघ २१ ७ बर्षयता सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालयबाट अनुदान प्राप्त गर्ने सेवाग्राही को सार्वजनिक गरिने मन्त्री बिरबहादुर थापाले बताएका छन । आफ्नो मन्त्रालय बाट अनुदान प्राप्त गर्ने सेवाग्राही को विगत ७ बर्षदेखि को तथ्यांक सार्वजनिक गर्ने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले बताएका हुन । मन्त्रालय बाट सुदूरपश्चिम का ९ वटै जिल्ला अन्तर्गत व्यक्तिगत , समुहगत वा सहकारी मार्फत कृषि को नाममा अनुदान प्राप्त गर्ने सेवाग्राही को ७ बर्ष यता को नामावली तयार गरि सबैले थाहा पाउने किसिमको सार्वजनिक गर्ने बताउनुभएको हो । संघियतापछि जस जसले अनुदान पाएका छन ती सबै उपभोक्ता हरूको सार्वजनिक गर्ने र सम्बन्धित पालिकामा समेत जानकारी गराईने नीति आउदै छ थापाले भने ।

त्यसो गर्दा अनुदान पाउने उपभोक्ता को बिषयमा पालिकालाई जानकारी भईसकेपछि पहुँच र सिफारिस का आधारमा पटकपटक एउटै किसानले मात्रै अनुदान पाउने वातावरणको अन्त्य हुने मन्त्री थापाले भने । मन्त्री थापाले थप जानकारी दिंदै अब सबै योजना हरू पालिका संग समन्वय गरेर मात्रै योजना तथा बजेट विनियोजित गरिने छ , सिफारिस का आधारमा मैले योजना हरू ल्याए भनेर प्रदेश सरकारलाई बदनाम गर्ने वातावरण सृजना गर्ने र आफू हिरो बन्ने वातावरण को अन्त्य हुने रणनीति ल्याउदै छौ थापाले बताए । पाईसकेको उपकरणहरू प्रयोगमा छन वा छैनन् पालिका मार्फत अनुगमन गरि राम्रो गर्ने किसानलाई पुरस्कृत गर्ने र खुराफाति गर्ने लाई कार्वाही गर्ने नीति समेत ल्याउदै छौ उनले भने । अन्तरक्रिया कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बाट सुदूरपश्चिम का ९ वटै जिल्लामा विभिन्न कृषि समुहलाई कृषि उपकरण हरू प्रदान गरिदै आएको बिषयमा कैलाली कञ्चनपुर का पालिका प्रमुखहरूले असन्तुष्टि जनाए पछि मन्त्री थापाले सो कुरा बताएका हुन ।

कार्यक्रममा गौरिगंगा नगरपालिका प्रमुख देविदतणत कडेंलले पालिकासंग समन्वय नै नगरि प्रदेश सरकारबाट वितरण गरिएका उपकरण हरू प्रयोगमा छन वा छैनन पालिकालाई कुनै जानकारी नभएको गुनासो गरेका थिए । सिफारिस को आधारमा भन्दापनि पालिकाको आवस्यकता को आधारमा सम्बन्धित पालिका संग समन्वय गरि अनुदान प्रदान गरिनुपर्ने उनलेे सुझाव दिएका थिए । हरेक पालिकाको सम्भावना र आवस्यकता हेरेर योजना बनाउन सकेमात्र अनुदान कार्यक्रम प्रभावकारी हुनसक्ने नगर प्रमुख कडेलले जोड दिए । उनले छाडा चौपाया व्यवस्थापन का लागि ठोस योजना समेत ल्याउनुपर्ने बिषयमा जोड दिएका थिए । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले प्रदेश सरकारलाई सुझाव दिंदै प्रदेश ले केही पनि काम गरेको छैन जस्तो लागेपनि काम त गरेको छ तर पालिका संग समन्वय नै नगरि कसैको सिफारिस र पहुँचका आधारमा अनुदान प्रदान गरिदा प्रभावकारी हुन नसकेको गुनासो गरे ।

पालिका मा कार्यपालिकाको बैठकबाट प्रदेश सरकार समक्ष विभिन्न योजना हरू माग गरिन्छ तर एउटा पनि योजना पास हुंदैनन जसले गर्दा स्थानीय स्तरमा जनगुनासो आउनेगरेको बेलौरी नगरपालिका प्रमुख चौधरीले बताए । कृषि उपकरणहरू वितरण गर्दा पालिका संग समन्वय हुनुपर्ने वितरण भईसकेपछि नियमित अनुगमन समेत गर्दै गलत गर्ने समुहलाई कार्वाही र राम्रो गर्ने किसान वा समुह लाई पुरस्कृत को व्यवस्था गर्न सकियमा कार्यक्रम प्रभावकारी हुने नगर प्रमुख चौधरीले सुझाव दिए । आईतवार धनगढीमा आयोजित स्थानीय तह प्रमुख एबं सरोकारवालाहरू संग प्रदेश कार्यक्रम सञ्चालन सम्बन्धि समन्वयात्मक अन्तरक्रिया कार्यक्रममा कैलाली कञ्चनपुर का पालिका प्रमुख , पशु पन्छी मत्स्य विकास निर्देशनालय डोटि का महानिर्देशक डाक्टर पान सिंह ठगुन्ना , कृषि विकास निर्देशनालय महानिर्देशक खगेन्द्र प्रसाद शर्मा , कैलाली जिल्ला समन्वय प्रमुख लगायत विभिन्न सरोकारवाला को उल्लेख्य सहभागिता रहेको थियो ।

  • २१ माघ २०८१, सोमबार १४:४८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU