सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मित्र राष्ट्र भारतको ७६ औं गणतन्त्र दिवश को अवसरमा पुनर्वास मा शुभकामना कार्यक्रम सम्पन्न

धनबहादुर बिक – पुनर्वास – मित्र राष्ट्र भारतको ७६ औं गणतन्त्र दिवश को अवसरमा कञ्चनपुर को पुनर्वास मा रहेको नेपाल भारत मैत्री संघ ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालय काठमाण्डौ उपशाखा कार्यालय पुनर्वास त्रिभुवनबस्ती कञ्चनपुर ले आयोजना गरेको ७६ औं गणतन्त्र दिवश को अवसरमा शुभकामना कार्यक्रम को आयोजना गरेको हो । संघका सभापति बिस्वनाथ बिष्ट को सभापतित्वमा भएको कार्यक्रम मा प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा रहेका थिए ।

सो अवसरमा शुभकामना व्यक्त गर्दै अतिथि तथा ज्योति सामुदायिक पुस्तकालय का अध्यक्ष रामचन्द्र नेपाल ले भारत स्वतन्त्र हुनुअघि र स्वतन्त्र पश्च्यात भारतको ऐतिहासिक बिषय मा चर्चा गरेका थिए । नेपाल भारत मैत्री संघ पुनर्वास मा क्रियाशील रहँदैगर्दा नेपाल भारत को मित्रतालाई कायम राख्दै सुमधुर सम्बन्ध बनाउनमा संघले भुमिका निर्वाह गरोस , यद्यपि यसका सकारात्मक वा नकारात्मक पक्ष पनि रहेका छन । खुला सिमानाका का कारण केही विकृति हरू पनि मौलायको अवस्था छ जसले गर्दा सोझासाझा नेपाली हरू ले समस्या खेप्नुपरेको छ समाजसेवी नेपाल ले आफ्नो भनाइमा जोड दिए । सिमावर्ति बजार फस्टाउदै गएको र नेपाली बजार मा कारोबार नहुदा स्थानीय व्यापारी हरू आर्थिक मारमा परेका छन यसलाई सहजिकरण गर्न नेपाल भारत मैत्री संघ र स्थानीय सरकारले पहल गर्नुपर्ने उनले सुझाव दिए ।

खुला नाका ले गर्दा बेलाबेलामा नेपाली हरूले विभिन्न प्रकारका समस्या झेल्नुपरेको समस्या लाई उठान गर्दै यो संघले कुटनैतिक पहल गर्नुपर्ने नेपाली काङ्ग्रेस प्रतिनिधि हरि प्रसाद अधिकारी ले शुभकामना मन्तव्य का क्रममा भने । सिमा क्षेत्रमा हुने नकारात्मक गतिविधि का बिषयमा दुबै देशका सिमा क्षेत्रमा बसोबास गर्ने बुद्धिजीवी , सरकारी अधिकारी लाई जमघट गराई त्यसता गतिविधि लाई न्युनिकरण गर्न नेपाल भारत मैत्री संघले पहल गरोस वडा अध्यक्ष मित्र सिंह लामा शुभकामना मन्तव्यमा भनाई राखे । सो अवसरमा पुनर्वास नगरपालिका निवर्तमान नगर उप प्रमुख शारदा बिष्ट धामीले नेपाल भारत दुबै देश मित्र राष्ट्र रहेता पनि भारतको विस्तारवादी नितिले नेपाल र नेपाली हरू धेरै मारका परेको बिषय उल्लेख गरिन । बेलाबेलामा सिमा मिचिएको छ , सिमानामा आपराधिक क्रियाकलाप हरू बृद्धी हुनेक्रम छ ।

 

मानव बेचबिखन तथा चेलिबेटी ओसारपसार जस्ता विकृति लाई न्युनिकरण गर्न नगरपालिकाले पनि जनचेतनामूलक कार्यक्रम हरू सञ्चालन गर्दै जानुपर्ने धामीले जोड दिईन । पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्माले भारतको स्वतन्त्र दिवश को अवसर पारेर नेपाल भारत मैत्री संघ ले आयोजना गरेको कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । भारत र नेपाल निकै लामो समयदेखि मित्रता रहेको ईतिहास छ यद्यपि मित्र राष्ट्र बाटै हेपाहा प्रवृत्ति हुन्छ भने हामी भारतको दास हुनुहुदैन नगर प्रमुख शर्माले जोड दिए । सो अवसरमा संघले सिमा क्षेत्र का आधारभुत तहमा अध्ययन गर्ने दस जना विपन्न बालबालिकालाई स्कुल ब्याग तथा स्टेसनरी वितरण गरिएको थियो ।

कार्यक्रम लाई समापन गर्दै संघ का सभापति बिश्वनाथ बिष्टले मित्रराष्ट भारत संग कायम रहँदै आएको सम्बन्ध लाई अझ सुमधुर बनाउन साथै सिमावर्ति भारत मा हुने विकृति विसंगति लाई न्युनिरण गर्ने उदेश्य ले आगामी माघ ३० गते दुबै तर्फका जिम्मेवार नागरिक , अधिकारीहरू तथा समाजसेवी लाई एकै ठाउँमा भेला गराउने कार्यक्रम रहेको सभापति बिष्टले जानकारी दिनुभयो । संघ का उपाध्यक्ष मेनका उप्रेतीले स्वागत गरेको कार्यक्रम को सञ्चालन कोषाध्यक्ष नवीन कुमार तिमिल्सिनाले गरेका थिए।

  • १३ माघ २०८१, आईतवार ११:४४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU