सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रेस चौतारी कैलालीको अधिवेशन ११ माघमा हुने


धनगढी । प्रेस चौतारी नेपाल कैलालीको जिल्ला अधिवेशन अगामी माघ ११ गते हुने भएको छ । शनिबार धनगढीमा बसेको प्रेस चौतारीको जिल्ला कमिटीको बैठकले संगठनको केन्द्रीय सर्कुलरअनुसार माघ ११ गते अधिवेशन गर्ने निर्णय सचिव जनक विष्टले जानकारी दिए ।
उनकाअनुसार प्रेस चौतारीको केन्द्रीय कमिटिले २५ माघभित्र जिल्ला शाखाको अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरेको छ । प्रेस चौतारीका जिल्ला अध्यक्ष भानुभक्त आचार्यको अध्यक्षतामा बसेको बैठकले २८ मंसिरमा सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको समिक्षा समेत गरेको छ ।
अधिवेशनको एक हप्ता अगावै सदस्यता नवीकरण र नयाँ सदस्य वितरण गरिसक्ने निर्णय पनि गरेको सचिव विष्टले बताए । जिल्ला अधिवेशन सम्पन्न गर्न अध्यक्ष अचार्यको संयोजकत्वमा मूल आयोजक कमिटि पनि गठन गरेको छ । उक्त कमिटिमा जिल्ला कमिटीका सबै पदाधिकारी र सदस्य रहेका छन् भने आवश्यकताअनुसार थप्नसक्ने निर्णय गरिएको छ ।
यस्तै, उपाध्यक्ष निराजन परियारको संयोजकत्वमा सहसचिव प्रेमसिंह विष्ट, सदस्यद्धय सागर परियार र तेज बोहरा सदस्य रहनेगरि अधिवेशन परिचालन समिति, सचिव जनक विष्टको संयोजकत्वमा सहसचिव नन्दलाल राना, सदस्यद्धय पूर्ण साउद र टेकसिंह धामी सदस्य रहनेगरि अधिवेशन तयारी समिति र कोषाध्यक्ष लोकुसिंह ठकुरीको संयोजकत्वमा सदस्यद्धय दिनेश विष्ट र नरेशनाथ योगी सदस्य रहनेगरि आर्थिक व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ ।
प्रेस चौतारीको जिल्ला कमिटीको बैठकको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशिल ढुंगाना रहेका थिए । विशिष्ट अतिथिका रुपमा नेकपा एमालेका कैलाली जिल्ला उपसचिव एवंम् प्रचार विभाग प्रमुख चुडामणी भट्ट, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दिलबहादुर छत्याल, प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्ण ओली सहभागी थिए ।
अतिथिका रुपमा प्रेस चौतारी तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्ट, प्रदेश सदस्य एवंम् पत्रकार महासंघ कैलालीका उपाध्यक्ष बिराज रोस्यारा, प्रेस चौतारीका सुदूरपश्चिम प्रदेश सदस्य जीवन विष्ट र ध्रुव ओझा पनि सहभागी थिए ।

  • २७ पुष २०८१, शनिबार ०९:४५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU