सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सीमाले नछेक्ने पत्रकारीको प्रेम र सद्भाव

धनगढी । नेपाल भारत एक अर्काका छिमेकी राष्ट्र । अन्य देशका लागी यी दुई देशको परिचय यत्तिमै सीमित हुन्छ तर यी दुई देशका लागी भने अझै पर सम्मका सम्बन्ध र परिचय छन् । धार्मिक, सामाजिक एवं सांस्कृतिक समानता मात्र होइन रोटी बेटी देखी नागरिकका दैनिकी सँग समेत दुई देश बिचको परिचय जोडिएको छ । जसका कारण दुई देशका नागरिक देखी समाज र नेतृत्व सम्मको अद्भुत प्रेम देखिन्छ ।

शुक्रवार भारतको पलियामा पत्रकारीहरूको पनि यस्तै प्रेम देखियो । भारतको पलिया क्षेत्रमा कार्यरत भारतीय पत्रकारहरूको निमन्त्रणा आए पछि नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा कैलालीको पत्रकारको टोली पलिया पुगेको थियो । “निर्वाचित भए लगत्तै बधाई खान आउनु प¥यो भन्दै थिए साथीहरू तर समय मिलाउन समय लाग्यो ।” भारतीय सीमा प्रवेश गर्दै गर्दा अध्यक्ष देउवाले भने ।

“प्रधानमन्त्री अथवा अलि ठुलो पदमा जान बित्तिकै बधाई थाप्न भारत भ्रमण जाने अभ्यास छ नि त हैन ? अनि हाम्रो लेबलबाट हामी पनि नछुट्ने भयौ ।” टोलीमा सहभागी अर्का एक सदस्यले बोले ।

“हैन बधाई यसलाई बधाई थाप्ने दृष्टिकोणबाट मात्रै नबुझौँ । यो त फरक भूगोलको आत्मीयता र प्रेम हो नि । यस्ता भेटघाटले अनुभव साटासाट हुने, एक अर्कालाई सिकाई हुने, उत्पन्न समस्या समाधान हुने, दुवै देशका सीमा क्षेत्रमा नागरिकले भोग्नु परेका समस्या न्यूनीकरण हुने लगायतका कुरामा समेत सहज हुन्छन् ।” टोलीका अर्का सहभागीले भने ।

उनले भने जस्तै पलियामा भएको पत्रकारीहरूको भेटघाटमा यी र यस्तै कुराहरू केन्द्रमा रहे । कार्यक्रममा भारतीय जनता पार्टीका नेता एवं पलियाका समाजसेवी रवि गुप्ता, वरिष्ठ पत्रकार जय कुमार गुप्ता, पत्रकार शिशिर सुक्ला सहित दर्जन बढी पत्रकारहरूको सहभागिता थियो । कैलालीबाट पलिया पुगेका पत्रकारहरूलाई दोसल्ला र माला लगाएर स्वागत गरियो । नेपाली पत्रकारको तर्फबाट अध्यक्ष श्रवण देउवाले समाजसेवी तथा पत्रकारहरूलाई ढाकाको टोपी लगाई दिए । मित्रता, प्रेम र सद्भावको गड्गडहाट ताली बज्यो ।
छलफल दुई सीमा क्षेत्रमा नागरिकले पाएका हैरानी र त्यसका लागी मिडियाको भूमिका, दुवै देशका पत्रकारहरूको आपसी प्रेम र सद्भाव लगायतका विषयमा केन्द्रित भयो ।

छलफलमा पलियाका वरिष्ठ पत्रकार जय कुमार गुप्ताले दुई देशको सम्बन्ध त्रेता युग देखीको रहेको भन्दै पत्रकारिता क्षेत्रबाट पनि यसलाई थप प्रगाढ र बलियो बनाउनुपर्ने बताए । “नेपाल भारत रोटी बेटीको सम्बन्ध छ । त्यो आजको होइन त्रेता युगमा भगवान् राम र सिताको विवाह देखिको हो । यस्ता सम्बन्धलाई थप प्रेममय बनाउन यस्ता किसिमका भेटघाट तथा छलफलहरू आवश्यक छन् ।” उनले भने ।

उनी सीमा क्षेत्रमा भारतीय नागरिकहरूले भोग्नु परेका समस्या र नेपाललाई भइरहेको घाटाका विषयमा समेत बोले । “नेपाल पर्यटनको अथाह सम्भावना बोकेको देश हो तर जति मात्रामा भारतीय पर्यटकहरू नेपाल जानु पर्ने हो सीमामा हुने सास्तीका कारण जान सकेका छैनन् । भन्सार कार्यालय पायक पर्ने ठाउँमा छैन । सडकमा गाडी रोकेर भित्र भित्र जानु पर्छ । बैङ्क नजिक छैन, फेरी बैङ्क खोज्दै भौँतारिनु पर्छ । अनि अनावश्यक चेकजाँच र ट्राफिकहरू झमेला त कति हो कति । धेरै भारतीय यसको झन्झट मानेर नेपाल गुम्न जाँदैनन् । यसको घाटा नेपाललाई भइरहेको छ । मिडियाको माध्यमबाट पनि यसको सरलता र सहजता खोज्न आग्रह गर्दछु ।” उनले भने ।

भारतीय जनता पार्टीका नेता एवं पलियाका समाजसेवी रबी गुप्ताले भारत र नेपालका सञ्चारकर्मीको सम्बन्ध बढाउन यो कार्यक्रम आयोजना गरिएको बताए । थुप्रै परिवर्तन देखी विकासका क्षेत्रमा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहेका कारण नेपाल तथा भारतका नाकामा पनि सहज बनाउन सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने उनको भनाई छ । नाकामा प्रहरीबाट समस्या आउँछ, गाडी भन्सार वारी राख्नुपर्छ उनले भने,.. “नाकामा सहज बनाइदिए भारतका पर्यटक गोदावरी, चिसापानी, महेन्द्रनगर तथा सुदूरपश्चिमका पहाडी जिल्लामा समेत जाने थिए, तर भन्सार र प्रशासनिक समस्याले पर्यटक बढेका छैनन्, पहिलाको तुलनामा धेरै सहज भए पनि पूर्ण रूपमा सहज भएको छैन, यो सहजताका लागी पनि सञ्चार माध्यमले भूमिका खेल्नुपर्छ ।”

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवाले यस कार्यक्रमबाट नेपाल र भारतका पत्रकारहरूबिच परिचय गर्ने अवसर मिलेको बताए । दुवै देशका सञ्चारकर्मीले आ आफ्नो भूमिका निर्वाह गर्नुका साथै सीमा क्षेत्रमा आउने समस्या हल गर्न समेत भूमिका खेल्नुपर्ने उनको भनाई थियो । “नेपाली भूमिमा भारतीय नागरिकले प्रशासनिक तवरबाट मात्रै समस्या भोग्नु परेको छ तर नेपाली नागरिकले भारतीय भूमिमा सामान्य नागरिकबाट पनि अवहेलना सहनु पर्ने समस्या छ । गौरिफन्टामा नेपालीले पाएको सास्तीका विषयमा मैले धेरै बोल्नु पर्दैन होला किनकि तपाईँहरू आफै जानकार हुनुहुन्छ । हुन त त्यो एउटा सरकारी संयन्त्रबाट मात्रै भएको समस्या होइन । समाज र व्यक्तिको व्यवहार बदल्ने र सद्भाव कायम गर्ने कुरा हो । यस तर्फ पनि हामी सबै लागौँ ।” उनले भने ।

समस्या सुनाउने, समाधानको उपाय खोज्ने, मन माझिने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै उनले सुदूरपश्चिममा घुम्ने थुप्रै ठाउँ भएकाले परिवार सहित घुम्न आउन भारतीय पर्यटकहरूलाई आग्रह गरे ।

निर्भिकबाट

  • २७ पुष २०८१, शनिबार ०९:२८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU