सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बेलौरीमा माघ मेला शुरु पश्चिम नेपालका थारु समुदायको लोक सस्कृति सरक्षण गर्नुपर्छः पुर्वमन्त्री बीनामगर

धनबहादुर बिक – बेलौरी -२८ पुष कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा माघ मेला शुरु भएको छ । पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति सरक्षणका लागि कञ्चनपुरको बेलौरीमा माघ मेला शुरु भएको हो । आधुनिकतासंगै लोभ भईरहेको संस्कृति सरक्षण प्रर्बद्धन, जोर्गेना गर्नका लागि मञ्च मार्फत नयाँ पुस्तालाई जानकारी गराउनका लागि बेलौरी नगर भलमन्सा समितिको आयोजनामा शुक्रबारदेखि माघ मेला शुरु भएको हो । मेलाको पुर्व खानेपानीमन्त्री एव नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले उद्घाटन गर्नै थारु समुदाय सुप प्रदेशका संस्कृतिका गहना भएको बताउँदै, थारु समुदायको संस्कृति नेपालकै पहिचान भएकाले सरक्षणमा जोडदिए । सुप प्रदेश सभा सदस्य दिवान सिह विष्टले पनि थारु समुदायको कला संस्कृति सरक्षणका अपरिहार्य रहेको बताए ।

 

बेलौरी नगरका मेयर पोतिलाल चौधरीले थारु समुदायको माघि पर्व सरक्षणका लागि स्थानीय सरकारले ऐन नै पारित गरेको बताए । संस्कृति पुस्तान्तरण गर्नका लागि नगर भलमन्सा समितिले बेलौरी नगरपालिकाको प्रर्बद्धनमा आउँदो शुक्रबारदेखि खुला मञ्चमा माघ मेला संचालन गर्न लागेको जनाएको छ । तराई सहित देशका २२ जिल्लाहरुमा बसोबास गर्दै थारु समुदायको लोक संस्कृति, परम्परा लोप भईरहेको अवस्थामा संस्कृति संरक्षणका लागि तीन दिने मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । बेलौरी नगर भलामन्सा समितिका सचिव एव मेला आयोजक समितिका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वा(चौधरी)ले आउँदै लागेको माघ महिना १ गतेदेखि थारु समुदायको माघी कार्यक्रम पुर्व माघ मेला शुरु गरेको बताए ।

०७८ सालमा बेलौरी नगरपालिकाले भलमन्सा ऐन पारित गरेको उत्सवमा थारु समुदायको लोक संस्कृति, परम्परा संरक्षण प्रर्बद्धन एवम् पहिचानका लागि मेला संचालन गर्न लागेको बताए । उनका अनुसार ३० स्टल रहने मेलामा थारु समुदायकै लोक परम्परागत खाने परिकार, कला, धर्म, संस्कृति, साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन । थारु समुदायको लोक परम्परागत खाने परिवारदेखिका साँस्कृतिक कार्यक्रमले पनि नयाँ पुस्तामा संचारिकरण हुनेछ । उद्घाटनकै दिन बेलौरी नगरका प्रद्याध्यापक, डाक्टर, ०७४देखि ०७९सम्म निर्वाचित आदिवासी जनजाती थारु समुदायका जनप्रतिनिधीलाई सम्मान, रक्तदान, नगरका सबै राष्ट्रिय खेलाडीलाई सम्मान सहितका विवित समाजिक कार्यक्रम समेत गरिनेछ ।

साँस्कृतिक कार्यक्रममा विभिन्न गाँउबस्तीका थारु समुदायको लोक संस्कृतिक झल्किने नृत्य, स्थानीय एव राष्ट्रिय कलाकारबाट थारु समुदायको संस्कृतिक प्रर्बद्धनका क्षेत्रमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् । ‘दशक अघिदेखि हामीले बेलौरी खुला मञ्चमा घरमा सिमित रहेको हाम्रो कला संस्कृति मञ्चमा ल्याएर प्रस्तुत गर्न लागेका छौँ, ‘उनले भने, ‘अहिलेसम्म भएका साँकृतिक कार्यक्रमले समेत पुस्ता हस्तान्तरण गरेको पाईन्छ ।’ उनका अनुसार ०६८ सालमा थारु ओरल्ड अराउण्ड, ०७१ सालमा मोहराईन, ०७३ देखि थारु कल्याण कारिणी सभा र अहिले भलमन्सा ऐन पारित भएर कार्यान्वयनको अवस्थामा भलमन्सा समितिले नै मेला आयोजना गर्न लागेको छ । मेला सम्पन्न गर्नका लागि बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर सिंह चौधरीको संयोजकत्वमा मूल समिति एवम् उप समितिहरु गठन गरिएको छ ।

सचिवालयमा भलमन्सा समेत रहेका लाल बहादुर चौधरी, आर्थिक व्यवस्थापन समितिमा गुरु प्रशाद चौधरी, मञ्च व्यवस्थापनमा लक्ष्मण चौधरी, सुरक्षा व्यवस्थापनमा बजारे चौधरी, स्वागत तथा सम्मान व्यवस्थापनमा रत्ना चौधरी, संस्कृतिक तथ झाँगी व्यवस्थापनमा विक्रम चौधरी, कलाकार व्यवस्थापनमा कृष्ण चौधरी, प्रचारप्रसार तथा स्वास्थ्यमा कृष्ण गम्वा(चौधरी), मेस संचालनमा सन्तराम चौधरीको सयोजकत्वमा उप समिति गठन गरिएको छ । सल्लाहकार तर्फ बेलौरी नगरकै प्रमुख पोतिलाल चौधरी, सदस्यमा उपप्रमुख जोगराज चौधरी, निर्वतमान उपप्रमुख चित्रा कुमारी चौधरी, सुनिता चौधरी, खडक चौधरी, लक्ष्छु राना र सुन्दरलाल चौधरी रहेका छन ।

बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष एव मेला मुल आयोजक समितिका संयोजक अमर सिह रानाले पछिल्ला बर्षहरुमा आधुनिकतासंगै थारु समुदायको लोक परम्परा, कला संस्कृति, प्रर्बद्धनका लागि मेला आयोजना गरिएको बताए । ‘बेलौरी नगरपालिका स्थानीय सरकारले समेत हामी थारु समुदायको भलमन्सालाई ऐन नै पारित गरेर कार्यान्वयन गरेको छ, ‘उनले भने, ‘यो निकै स्वागत योग्य कदन पनि हो, यसमा हामीले गर्ब गरेका छौँ ।’ उनले देशका विभिन्न थारु बाहुल्य जिल्ला एव पालिका सरकारले ऐन नै नबनाएको बनाएको ऐन पनि कार्यान्वयन नगरेको अवस्थामा बेलौरी स्थानीय सरकारले आफुहरुलाई दिएको राजनैतिक हक अधिकारको सदुपयोग गर्दै समाजिक एकताका लागि समेत मेला मियो बन्ने बताए ।

उनले ०७८ सालमा स्थानीय सरकारले भलमन्सा ऐन ल्याएसंगै गाँउ गाँउमा रहेका थारु समुदाय उत्साहित भएको बताए । मेला मुल आयोजक समितिका सचिवालय संयोजक लाल बहादुर चौधरीले पछिल्ला बर्षहरुमा विदेशी संस्कृतिले नेपाली समाजमा जरा गाडिरहेको थारु समुदायको माघ मेलाले चिर्ने बताए । उनले सामुहिक रुपमा विभिन्न गाँउबस्तीबाट आउने साँस्कृतिक झाँगी कार्यक्रमले समेत विदेशी संस्कृति चिर्ने बताए । माघ मेलामा हराजौँ नयाँ पुस्ताले अवलोकन गर्ने मेला थारु समुदायको लोक संस्कृति संरक्षणमा कार्यक्रमले प्रर्बद्धन गर्ने आयोजकको अपेक्षा छ । तीनदिनसम्म संचालन हुने मेला अवलोकनका लागि निःशुल्क व्यवस्था गरिएको छ ।

  • २६ पुष २०८१, शुक्रबार १४:३६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU