सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरपश्चिमका यातायात व्यवसायीको एउटै स्वर- सडकले दुर्घटना बढायो, सरकारले चासो दिएन

कैलाली । सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशका सडकहरूका कारण सवारी दुर्घटना बढिरहेको तर, सरकारी निकायले ती सडकहरूको गुणस्तर सुधारमा चासो नदिएको आरोप लगाएका छन् ।

व्यवसाय र मानवअधिकारको विषयमा यातायात व्यवसायीहरूसँग मानव अधिकार आयोगले सोमबार गरेको छलफलमा प्रदेशमा सडकका कारण सबैभन्दा धेरे दुर्घटना भइरहेको भन्दै अब दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका थिए ।

सुदूरपश्चिम यातायात प्राली धनगढीका अध्यक्ष पदम सापकोटाले यातायात व्यवस्थासम्बन्धी कानुनहरू फितलो रहेको बताए ।

‘यातायात व्यवस्था ऐन पुराना भएको र सुधार गर्नु पर्ने अवस्था रहेको समेत उनको भनाइ थियो । सडकको अवस्था कमजोर रहेको छ । ती सडककै कारण सबै भन्दा धेरै दुर्घटना भइरहेका छन्’ उनले भने, ‘सडक दुर्घटना पश्चात् क्षतिपूर्ति तिर्ने सम्बन्धनमा पनि प्रहरी प्रशासनले कानुन कार्यान्वयन भन्दा बढी यातायात व्यवसायीहरूलाई दुख दिने गरेको पाइन्छ ।’

सरकारले सिन्डिकेट प्रणाली अन्त्य गरेर प्राली सुरु गर्दा पनि कार्यान्वयन पक्ष कमजोर रहेको उनको भनाइ थियो । उनले विद्युतीय सवारीहरूको चाँपका कारण पछिल्लो समय आफूहरूले लाखौँ लगाएर खरिद गरेको खाडीको अवस्था दयनीय बन्दै गइरहेको गुनासो गरेका छन् ।

धनगढी उपमहानगरपालिकाले सेवा दिने ठाउँमा ठेकेदारलाई गाडी चलाउन दिएर थप समस्या सृजना गरेको अध्यक्ष सापकोटाले बताए ।

प्रदेश सरकार, यातायात कार्यालय, स्थानीय तह, सडक डिभिजन लगायतको समन्वयमा यातायातमा पछिल्लो समय भइरहेको समस्या दीर्घकालका लागि समाधान गर्नुपर्ने उनले बताएका थिए ।

खप्तड यातायात प्राली अनन्त जोशीले पनि विद्युतीय सवारीसाधन ले गर्दा पुराना यातायात व्यवसायीहरूले व्यवसाय संकट निम्तिएको र प्रतिस्पर्धा गर्न समस्या आइरहेको बताए । जरिवाना प्रणालीमा दोहोरो नीति भन्दै उनले हवाई यातायातमा जस्तै बसमा पनि सिट विभाजन हुनु पर्ने तर्क राखेका थिए ।

राज्यको निकाय आफै गैर जिम्मेवार हुँदा यातायात व्यवसायीहरू थप मारमा परेको अध्यक्ष जोशीले बताए ।

‘५ सिट गाडीमा १२ जनासम्म यात्रु राख्न दिने सहमति जिल्ला प्रशासन कार्यालयमै हुने गरेको पाइन्छ बढी भारका कारण पनि सडक दुर्घटना भइरहेका छन्’ उनले भने, ‘सडकको अवस्था निकै कमजोर छन् सरकारी निकायले त्यसमा ध्यान दिनु पर्छ ।’

महाकाली यातायात व्यवसायी सङ्घका डम्मरराज पन्तले विदेशमा लागू भएको सबै यात्रुको लागि हुने बिमा प्रणाली नेपालमा पनि हुनुपर्ने बताएका थिए । मादक पदार्थ र लागू पदार्थ सेवन गरेर सवारी चलाउने बढी रहेको भन्दै त्यसलाई नियन्त्रण गर्नु पर्ने उनको भनाइ थियो। उनले सडक निरीक्षणमा सडक विभाग उदासीन रहेको भन्दै बिग्रिएका र जीर्ण भएका सडकहरूकै कारण दुर्घटना बढिरहेको बताए ।

‘सडक दुर्घटना बढिरहेका छन् । जनशक्ति छैन । सार्वजनिक सवारी साधन चलाउने चालकको क्षमता कसले हेर्ने’ उनले भने, ‘विमान चलाउने पढ्नु पर्ने बस चलाउनु पर्नेले नपढ्दा पनि हुन्छ भन्ने कुरा गलत हो । चालक उत्पादनका लागि प्राविधिक शिक्षालय सरकारी स्तरबाट स्थापना हुनुपर्छ ।’

कानुन पुरानो भएको भन्दै उनले नयाँ व्यवसायी मैत्री कानुनको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले धनगढीमा रहेको बसपार्क सानो भएको हुँदा विभिन्न स्थानमा आफ्नो निजी बसपार्क बताएका जनाकारी दिएका थिए । व्यवसायीहरू मारमा पर्दा पनि सरकार गम्भीर नभएको उनीहरूको गुनासो रहेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रकाशदत्त भट्टले सवारी दुर्घटनाका विषयमा गम्भीर रहेको भन्दै यस विषयमा विभिन्न चरणमा छलफल गर्ने बताएका थिए । यसभन्दा पहिले यातायात व्यवस्था कार्यालय ट्राफिक कार्यालयसँग पनि छलफल भइरहेको उनले बताए । उनले यातायात सम्बन्धमा कानुन निर्माण हुँदा यातायात व्यवसायीहरूको पनि सहभागिता हुनुपर्नेमा जोड दिएका थिए ।

समन्वयमा काम गर्ने, जनचेतना फैलाउने, ज्येष्ठ नागरिक ,अपाङ्गता भएकाहरूको विषयमा अनिवार्य छुट गर्न उनले यातायात व्यवसायीहरूलाई आग्रह गरेका थिए ।

रुट परमिट र भार वहन क्षमताको विषयमा पनि गम्भीर हुनुपर्नेमा आयोग प्रमुख भट्टले जोड दिए ।

  • ६ कार्तिक २०८१, मंगलवार ०५:३१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU