सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जनता क्याम्पस पुनर्वासको २१ औं बार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न

धनबहादुर बिक पुनर्वास पुनर्वास कै अग्रणी जनता क्याम्पस को २१ औं बार्षिकउत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रम का साथ सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष पदमबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तारालामा तामाङ रहेका थिए भने बिशिस्ट अतिथि मा सुदूरपश्चिम प्रदेशसभा सदस्य बिरबहादुर थापा , पुनर्वास नगरपालिका वडा नम्बर ६ वडा अध्यक्ष मित्र सिंह लामा , क्याम्पस पुर्व अध्यक्ष रामचन्द्र नेपाल , पुनर्वास जनता मावि अध्यक्ष जगत सायर अभिभावक लगायत रहेका थिए ।

कार्यक्रममा सांसद तारालमा तामाङले आफ्नो भनाइ राख्दै क्याम्पसमा अध्ययनरत बिध्यार्थि लाई भने स्नातकोत्तर अध्ययन गर्दै गर्दा यो देशको समृद्धि र विकास तपाईंहरूको कांधमा आएको छ । जब तपाईं हरूले आफ्नो भबिस्य लाई सुनौलो बनाउन लाग्नुहुन्छ देश विकास मा समेत योगदान पुर्याउन सक्नुहुनेछ । जसका लागि अनुशासन रहि आफू र आफ्ना अभिभावक को सपना साकार पार्न बिध्यार्थिहरू लाग्नुपर्ने सांसद लाममले जोड दिए ।

भारतीय सिमानाका संग जोडिएको कञ्चनपुर को दक्षिणी क्षेत्र पुनर्वासको विकास र समृद्धि का बिषयमा राजनिती मतभेदका कारण पूरा हुन नसकेको सांसद तामाङले टिप्पणी गरे । क्याम्पस लाई भौतिक रूपले अभाव झेल्नु नपरोस् पुनर्वासको एकमात्र सामुदायिक क्याम्पस लाई अझ सुदृढ गर्न स्थानीय सरकारले योजना बनाएर कार्यनयन गरिनुपर्ने कुरामा जोड दिंदै यो क्याम्पस विकासका लागि संघ को तर्फबाट म स्वयं पनि लाग्ने छु उनले प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकार को पनि आफ्नै क्षेत्र भएकोले क्याम्पस पुर्वाधार विकास , शैक्षिक सुधार का लागि लाग्नुपर्ने सांसद तामाङले सुझाव दिए ।

उनले क्याम्पस को बार्षिकउत्सव कार्यक्रम सफलताको शुभकामना समेत व्यक्त गरे । सो अवसरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य बिरबहादुर थापाले जनता क्याम्पस को २१ औं बार्षिकउत्सव सफलताको शुभकामना दिंदै क्याम्पस को भौतिक तथा शैक्षिक सुधारका लागि प्रदेश सरकार मा आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा क्याम्पस प्रमुख कर्ण बहादुर बुढाले क्याम्पस को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५८ साल श्रावण १५ गते तत्कालीन पुनर्वास जनता उच्च माविका प्र अ कर्ण बहादुर बुढा , शिक्षक रामचन्द्र नेपाल , नारायण सिंह ऐरी , हरि प्रसाद भण्डारी , तत्कालीन त्रिभुवनबस्ति गा वि स अध्यक्ष जिवनराज थापा , समाजसेवी बिस्वनाथ बिष्ट सहितको टिमले सामुदायिक क्याम्पस स्थापना गर्ने जमर्को लाई पूरा गर्न आम भेला बसी विधिवत रूपमा क्याम्पस सञ्चालनमा ल्याउन सकिएको क्याम्पस प्रमुख कर्ण बहादुर बुढाको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

स्थापनाकालमा एउटामात्र बिषय मानविकी संकाय बिषयबाट सुरु गरिएकोमा हाल दुई बिषय शिक्षाशास्त्र र व्यवस्थापन थपिएका छन । २१ औं बर्ष प्रवेश गर्दैगर्दा क्याम्पसमा समस्या र चुनौती हरू पनि थपिएको क्याम्पस प्रमुखको प्रतिवेदनमा उल्लेख गरिएको थियो । उचित खेलमैदान को अभाव , पुस्तकालय भवन को समस्या , प्रयाप्त पुस्तक हरूको अभाव , भवनको सुरक्षा पर्खालको आवस्यक , सभाहलको अभाव , शिक्षक कर्मचारीलाई नियमित तलब भत्ता भुक्तानी को समस्या , प्रयाप्त शौचालय को अभाव तथा कम्तीमा ४ कोठा को आवस्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

कार्यक्रममा क्याम्पस का बिध्यार्थिहरूले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सहायक क्याम्पस प्रमुख नगेन्द्र बहादुर जेठाराको स्वागत मन्तव्य बाट सुरु गरिएको कार्यक्रम को सञ्चालन शिक्षक कर्ण बहादुर रोकाय ले गरेका थिए ।

  • १९ फाल्गुन २०८०, शनिबार १५:०८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU