पुनर्वास ७ मा जेन्स पार्लर तालिम सञ्चालन
धनबहादुर बिक पुनर्वास । पुनर्वास नगरपालिका वडा नम्बर ७ मा ४५ दिने जेन्टस पार्लर सम्बन्धि सीप विकास तालिम सुरु भएको छ । आर्थिक समृद्धिका आधार लघु उधम मार्फत रोजगार भन्ने मुल नारा सहित गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम ( मेडपा) ४५ दिने जेन्टस पार्लर सम्बन्धि सीप विकास तालिम सुरु भएको हो । उधम विकास शाखा पुनर्वास नगरपालिका को आयोजनामा फागुन १० गतेदेखि सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी राना ले गरेकि हुन ।
तालिमको उद्घाटन गर्दै सीप सिकाई बेरोजगार युवाहरूलाई रोजगार को वातावरण सृजना गर्ने पुनर्वास नगरपालिका को मुख्य उदेश्य सफल पार्न तालिमको आयोजना गरिएको उप प्रमुख रानाले बताईन । जेन्स पार्लर तालिम उद्घाटन मा वडा अञ्चल मुलचन्दा राना , वडा सदस्य केशव परियार , दिपक तामाङ को समेत उपस्थिति रहेको थियो ।
१८ जना स्थानीय युवाहरू प्रशिक्षार्थी सहभागी रहेको तालिममा पुनर्वास नगरपालिका ६ मा रहेको एम डी लुक्स युनिसेक्स सैलुन का सञ्चालक पबन कुमार बिक प्रशिक्षक रहेकम छन । तालिमको व्यवस्थापन उधम विकास शाखा वरिष्ठ उधम विकास सहजकर्ता बिमला चौधरी ले गरेकि थिईन यो संगै वडा नम्बर ३/४ को आई वी आर डी मा र वडा नम्बर ११ मा महिला व्युटिपार्लर एडबान्स तालिम चलिरहेको छ चौधरीले बताईन । कार्यक्रम को सञ्चालन सुजाता तिमिल्सिना ले गरेकि थिईन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया