तुईन मुक्त देशमा अस्थायी तुईनमा यात्रा गर्न बाध्य (भिडियो)
प्रधानमन्त्री के पि शर्मा वलिले पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो निर्णय तुईन मुक्त गर्ने घोषणा गर्नु भएको थियो । सुदूरपश्चिम क्षेत्रको सदरमुका दिपायल सिलगढी नगरपालिका ३ बाफि गाउँ र शिखर नगरपालिका २ मुडेगाउँ जोड्ने सेती नदिमा पुल नहुँदा बाफि गाउँका स्थानिय बासिन्दा खाद्यान्न र आवत जावत गर्न आफ्नो ज्यान जोखिममा राख्दै आएका छन ।
निर्वाचनका बेला यहि अस्थाई तुईनबाट नेताहरुले पार गरि स्थानीय संङ्ग भोट मागेका थिए तर पनि अहिले पनि अस्थायी तुईनमा यात्रा गर्नु परिरहेको छ ।

दिपायल नजिकै बाफि गाउँका बासिदा खानेपानी, शिक्षा, स्वास्थ र यातायातको पहुँचबाट टाढा रहेको यथार्थता स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार समक्ष पुर्याउन यो भिडियो डोटीका एक जना चेतनशिल युवा दिपक बहादुर खड्का हामीलाई पठाएका छन । हेरौ है यो भिडियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया