एलिशा र विवेक बने मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल
धनगढी १६ मसिंर । चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म् नेपालको उपाधि क्रमशः एलिशा गौतम र विवेक जोशीले हात पारेका छन् ।

शनिबार राती धनगढीको ओम प्यालेशमा भएको फाइनल प्रतिस्पर्धामा उनीहरु दुवैले उपाधि हात पारेका हुन् । उपाधिसँगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगितामा महिला र पुरुष तर्फ फस्ट रनरअप क्रमशः जेनिफर वेद र प्रशान्त खड्का घोषित भए भने सेकेण्ड रनरअपको उपाधि असुती सिंह र सन्तोष ओझाले प्राप्त गरे ।
अप इन्टरटेइनमेन्ट इन्टरनेशनल प्रालिको आयोजना भएको प्रतिस्पर्धामा नेपाली फिल्म जगतका महानायक राजेश हमाल, नायिका सञ्चिता लुइटेल, मिस एशिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति निर्णायकको भूमिकामा रहेका अप इन्टरटेनमेन्टका निर्देशक सारा थापाले बताइन् ।
मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म्को अडिशन राउण्डमा तीन सयभन्दा बढीको सहभागिता भएकोमा फाइनलका लागि १३ युवती र १३ युवकले प्रतिस्पर्धा गरेको आयोजकले जानकारी दिएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया