जंगली हात्तीको आक्रमणमा परि घाइते महिलालाई राहत उपलब्धका लागि सरोकारवालाको माग
धनबहादुर बिक, पुनर्वास । हात्तीबाट आक्रमण मा परि घाइते भएकि कञ्चनपुर को पुनर्वास कि लक्ष्मि जोशीको उपचारका लागि राहत उपलब्ध गराउन सम्बन्धित सरोकारवाला द्वारा माग गरिएको छ । माघको पहिलो साता माघ ६ गते घाईते पुनर्वास नगरपालिका १० विकासबस्ति का हरिदत्त जोशि कि श्रीमती ४७ बर्षिय लक्ष्मि जोशि को उपचारका लागि पुनर्वास मा रहेको दुधुवा राष्ट्रिय निकुञ्ज वन्यजन्तु पिडित खाद्य अधिकार समुह ले पहल गरेको छ ।
पिडितको राहतका लागि समुह का अध्यक्ष केशव प्रसाद तिमिल्सिना को संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरि पुनर्वास १० मा रहेको मधु सामुदायिक बन नमुना सामुदायिक बन तथा कुण्डा डिभिजन बन कार्यालय को सिफारिस लिई डिभिजन वन कार्यालय कन्चनपुर समक्ष अनुरोध गरेको छ ।
वन्यजन्तुको आक्रमण मा परि मृत्यु भएको खण्डमा १० लाख तथा घाइते भएको अवस्थामा घटनाको प्रकृति हेरि २ लाख भन्दा बढी रकम नेपाल सरकारको वन्यजन्तु उद्दार राहत कोष समिति बाट उपलब्ध गराउन सकिने कुण्डा सब डिभिजन बन कार्यालय पुनर्वास का बन अधिकृत दिनेश कुमार यादवले बताए ।
माघ ६ गते पुनर्वास नगरपालिका वडा नं. १० विकासजस्ती स्थित पूर्व पश्चिममा विकासबस्ती बाट मौरहा जाने कच्ची सडक खण्ड उत्तरमा मधु सामुदायिक वन दक्षिणमा नमुना सामुदायिक वन यति चार किल्ला सिमाना क्षेत्र भित्र रहेको सडक खण्डमा पुनर्वास न पा वडा नं. १० बिकासबस्ती निवासी हरिदत्त जोशीको श्रीमती वर्ष ४७ की लक्ष्मी देवी जोशी जंगली हात्तीको आक्रमणमा परी सख्त घाईते भएकि थिईन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया