मृतक र घाइतेका घरमा गएर नगर प्रमुख जोशीद्वारा राहत वितरण
प्रकाश बम,मंसिर १५ गते डोटी । शिखर नगरपाली डोटीले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा यहि मंशिर ६ गते भएको दुर्घटनाका मृतक र घाइतेका परिवारलाई शुक्रबार घरमा गएर राहार वितरण गरेको छ । शिखर नगर पालिकाका नगर प्रमुख सीता राम जोशीले नगर पालिकाको वडा नम्बर ११ तल्लीसातका मृतक शंकर जोराईला र गंगा जोराईलाका घरमा गएर उनकी आमा हरु जोराइलालाई जनहि तीस हजारका दरले राहात बितरण गर्नु भएको हो ।

डडेल्धुराको उप–क्षेत्रिय अस्पतालमा गर्भवती श्रीमती गंगाको उपचार र डडेल्धुरामा लागेको उग्रतारको देहि जात हेरेर घर फर्किने क्रममा रडुवामा भएको से १ क २९३ नम्बरको स्कुल बस दुर्घटनामा श्रीमान र श्रीमतीले ज्यान गुमाएका थिए ।
त्यस्तै सोहि वडाका योगेन्द्र वोहरा पनि गर्भवती श्रीमती हरिनाको उपचार गर्न त्यहि दिन डडेल्धुरामा रहेको उपक्षेत्रिय अस्पतलामा उपचार गर्न गएका थिए । तर संगै गएका श्रीमानको दुर्घटनामा परी मृत्यु भएको छ भने घाइते भएकी हरिना अहिले अस्पतालबाट रिफर पछि घरमा थला परेकि छन् । उनको खुट्टा भाचिनुका साथै शरिर भरी छिया छिया भएको छ । कुरुवा नभएको भन्दै उनलाई अस्पतालले डिस्जार्ज गरेको उनका आफन्तले शुक्रवार राहत विरणमा गएका टोलीहरुलाई बताएका छन् ।

मृतक बोहरको घरमा गएर मृतक र घाईतेलाई राहत स्वरुप उनका बुवा पदम बोहराको हातमा नगर प्रमुख जोशिले ४५ हजार दिएका छन् । त्यसै घाइते बिनोद किमाडीलाई पनि नगर प्रमुख जोशिले घरमा गएर राहात बितरण गरेका छन् ।
त्यस्तै सोहि नगर पालिका वडा नमबर १० का घाइते राधिका धामि , सन्तोष धामि, सावित्रि धामिको घरमा गएर उनका आफन्तलाई जनहि पन्घ्र हजारका दरले बितरण गर्नु भएको हो ।
त्यस्तै शनिवार पनि शिखर नगरपािलका वडा नम्बर ८ तिनतालीका मृतक कैलाश रावत,योगेन्द रावत र सारदा रावतका घरमा गएर जनहि तिस हजारका दरले नगर प्रमुख जोशिले बितरण गरेको पे्रश सल्लाकार योगेन्द्र बलायरले बताउनु भयो । त्यस्तै वडा नम्बर १० वानेडुग्रिसैनका मृतक रोहित बलायर र सागर बलायरका घरमा गएर आफन्तलाई जनहि तिस हजारका दरले बितरण गरेका छन् ।
त्यस्तै शिखर नगरपालिका वडा नम्बर ११ वारपाटाका मृतक पदम बिकको पनि घरमा गएर नगर प्रमुख जोशिले राहात बितरण गर्नु भएको छ ।
त्यस्तै सोहि नगर पािलकाका वडा नम्र १० का भिम बलायर,सरिता बलायर ,सिवानि बलायर र भरत बलायरका परीवारलाई जनहि प्रन्धहजारका दरले बितरण गरेका छन् । त्यस्तै वडा नम्बर ११का घाईते श्याम ओझा,भक्त वलायर,नारद बलायरको घरमा गएर उनका आफन्तलाई जनहि पन्ध्र हजार नगर प्रमुख जोशिले बितरण गर्नु भएको छ ।
शिखर नगर भित्र घर भएका ९ जना मृतक र १६ जना घाइते भएका परिवारलाई राहत दिने नगरपालिकाको निर्णय अनुसार शुक्रबार र शनिवार घरमा गएर राहत बितरण गरेको प्रेस सल्लाहाकार बलायले जानकारी दिनु भयो ।
वस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।
मृतक र र्घातेलाई राहत बिरण तथा भेट घाटमा कार्यक्रमा पुर्व सांसद कल्पना शोप,शिखर नगर पालिकाका प्रसाशकिय अधिकृत धर्म राज विनाडी, वडा ८ का वडा अध्यक्ष सिद्ध बलायर , वडा नम्बर १० का वडा अध्यक्ष मिन बलायर, नेपाल तरुण दलका अध्यक्ष नारायण बलायर, नेपालि कांग्रेस डोटीका जिल्ला सदस्य जित खड्का ,महिला नेतृ सिता चोपडा,पार्वति चन्द , पत्रकार महासंघ डोटीका अध्यक्ष योगन्द्र बलायर लगायत समाज सेवि , पत्रकार ,प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया