सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धनगढी जाँईमा हुने ‘हरेरी महोत्सव २०७५’ तयारी तिब्र

धनगढी २९ साउन

सूदुपश्चिमका तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी थारु समुदायले सामूहिक रुपमा गर्दे आएको हरेरी पूजालाई ‘हरेरी महोत्सव २०७५’ लगाउने तयारी गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईका थारु समुदायहरुले जाइँको देउथानमा ‘हरेरी महोत्सव २०७५’को तयारी सरु गरेका छन् ।

हरेरी महोत्सव मूल आयोजक समितिका संयोजक कुलवीर चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले बिभिन्न उप समिति गठन गर्ने तयारीलाई तिब्र रुपमा पारेको हो । २०७३ साल देखी सुरु भएको हरेरी महोत्सव यस बर्ष भाद्र ९ गते देखी ११ गते सम्म ३ दिन सम्म चल्नेछ ।

महोत्सवमा मुख्य आकर्षणका रुपमा थारु समुदायको लोपोन्मुख मंग्रहवा नाच, लाठी नाच, साखिया नाच, एकल नृत्य, मगर जातिको भुमे, मारुनी नाचलगायतका विभिन्न सांस्कृतिक परम्परा झल्काउने नाच रहेने हरेरी महोत्सवका प्रबक्ता बिनय चौधरीले जानकारी दिए ।

त्यसैगरी, महोत्सवमा विभिन्न थारु समुदायका खानाका परिकार जस्तै ढिक्री, अण्डीको चामलको भात तथा रोटी, गँगटा तथा घोंगीको तरकारी, खाना, परिकार आकर्षणका रुपमा विभिन्न स्टलमा राखिने प्रबक्ता चौधरीले बताए ।

थारुले अति महत्वपूर्ण मानिने यो पूजा राज्यको उदासीनता, आधुनिक संस्कृति, संस्कारले गर्दा संरक्षण एवं सम्वद्र्धन हुन नसकी दिन प्रतिदिन लोप भइरहेकाले यस पूजाको संरक्षण एवं सम्वद्र्धन गर्नका लागि थारु जाति र सम्बन्धित सबैको कर्तव्य, जिम्मेवारी र दायित्व जिम्मेबारी हुन् भन्ने उदेश्यले यस पर्बलाईलाई महोत्सवको रुप दिई प्रचारप्रसारमा ल्याएको संयोजक कुलबिर चौधरीले बताए ।

‘भाषा संस्कृति, कला, भेष हमार, पहिचानः हरेरी महोत्सव मनैना सक्कु किसानक अभियान’ भन्ने मुल नाराका साथ हरेरी महोत्सवको आयोजना गर्न लागिएको हो । संस्कृतिका धनी आदिवासी थारुको सामूहिक रुपमा गरिने चार पूजा धुरिया पूजा, हरेरी पूजा, लवाङ्गी पूजा, निकासी पूजा मध्ये हरेरी पूजा एक महत्वपूर्ण पूजा हो ।

  • २९ श्रावण २०७५, मंगलवार ११:१३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU