डोटीको बिकट गाँउमा पहिलो पटक जिल्ला स्तरीय पढाई मेला हुने ।
प्रकाश बम, डोटी मंसिर १३ । डोटीको बिकट ठाँउ मानिने वडिकेदार गाउँ पालिकामा पहिलो पटक जिल्ला स्तरीय पढाई मेला हुने भएको छ । सामुदायिक विकास केन्द्र डोटीले आज दिपायलमा पत्रकारहरु संग गरीएको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो । यहि मंसिर २४ गते देखि बडीकेदार गाउपलिकाको खड्यौली बजारमा जिल्ला स्तरीय पढाई मेला हुने प्रारम्भि पढाइ कार्यक्रमका जिल्ला संयोजक सतिश गुरुङले बताउनु भयो ।

उक्त पढाई मेलामा बडिकेदार गाउपालिकाका सबै बिद्यालय र अन्य गाउपालिका र नगरपालिकाबाट उत्कृष्ठ एक बिद्यालयबाट दुई जना विद्यार्थीको सहभागिता रहने संयोजक गुरुङले बताउनु भयो । जिल्लामा संचालित कार्यक्रमले सफाइ ,पढाई ,खुवाइ र सिकाइमा बिशेष जोड दिने गरेको समेत गुरुङले बताउनु भयो ।
कक्षा कोठा भित्रको शैक्षिक गतिबिधिका बारेमा प्रतक्ष अभिभावकले समेत जानकारी पाउने र वाहिरी संसारका वारेमा वालवालिकाले समेत बुझ्न पाउने भएकाले यो सम्मेलन प्रभावकारि हुने जिल्ला शिक्षा सम्वनय इकाईका प्रमुख अनन्त कुमार पौडेले बताउनु भयो ।
सम्मेलनमा सहभागी विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुति गर्ने जनाएको छ। सम्मेलनमा स्टल राखेर ३० वटा विभिन्न इभेन्टमा प्रस्तुति देखाउने आयोजकले जनाएको छ।

बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, बिश्व शिक्षाको प्राबिधिक सहयोगमा सामुदायिक बिकास केन्द्रडोटीले डोटीका आठ वटा स्थानीय तह आदर्श गाउँ पालिका,सायल गाउँपालिका,पुर्बी चौकिगाउपालिका,के।आइ।सिंह गाउँपालिका, बोगटान गाउँपालिका,बडिकेदार गाउँपालिका, दिपायल सिलगढि नगर पालिका र शिखर नगर पालिकाका १ सय ७३ आधारभुत बिध्यालयमा दिवा खाजा कार्यक्रमका साथै अन्य कार्यक्रम समेत संचालित रहेको संस्थाले जनाएको छ।
जिल्ला समन्वय समिति डोटीको संयोजकत्व तथा जिल्ला स्तरीय मेला सामुदायिक बिकास केन्द्र द्वारा संचालित प्रारम्भिक तह पढाई कार्यक्रम र बडिकेदार गाउँपालिकाको सयुत्त आयोजना उक्त मेला हुन लागेको हो।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया