सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

हामी आफै रुपान्तरण हुन जनतामा फर्केका हौं:सचिव आचार्य
"सुदूरपश्चिम प्रदेशमा १५८० नेता कार्यकर्ता अभियानमा "

धनगढी । नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले माओवादीहरु रुपान्तरण हुन तीन महिने अभियान संचालन गरिएको बताए । उनले जनताभन्दा माओवादी नेता कार्यकर्तामा रुपान्तरणको आवश्यकता भएको महशुस गरेर अभियानमार्फत जनतामा फर्केको बताए ।

मंगलबार धनगढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै आचार्यले भने, “जनता बिग्रेका छैनन् । खुला राजनीतिमा आएसँगै हामी नेता कार्यकर्तामा फोहोर मैला लागेको छ । त्यो फखाल्न जनतामा फर्केका हौं ।”

सचिव आचार्यले अहिलेको राजनीतिक उपलब्धी आफ्नो पार्टीकै नेतृत्वमा प्राप्त भएको बताउँदै त्यसको पुष्टि पहिलो संविधानसभामा पार्टीको पक्षमा व्यक्त भएको जनतमले पुष्टिल गरेको बताए । माओवादीप्रतिको विश्वास गुम्नु अस्वीकार नभएको बताउँदै आचार्यले भने, “माओवादीको जनताको विश्वास गुम्नुको मुख्यकारण जनताले हाम्रो पार्टीलाई अस्वीकार गरेको होइन, हामी भित्रको टुटफुट र विभाजन भएको नै हो । एकीकृत चार टुक्रामा विभाजित हुँदा आउने परिणाम यस्तै हुन्थ्यो ।”

आफूहरुले गम्भीर समिक्षा गरेर फेरि समाजवादी आन्दोलनको नेतृत्व गर्ने परी नेता कार्यकर्ताले प्रतिवद्धता जाहेर गरेर जनतामा फर्केको बताए ।

सचिव आचार्यले ‘जनतासँग माओवादी, विशेष रुपमान्तण’ तीन महिने अभियानमा सुदूरपश्चि प्रदेशमा ७९ वटा अभियान टोली खटिएको जानकारी दिए । सुदूरपश्चिमका  ८८ स्थानीय तह र ७३४ वडामा १५८० नेता कार्यकर्ता खटिएको समेत जानकारी उनले दिए ।

अभियान टोलीले पहिलो चरणका कार्यक्रम चलिरहेको बताउँदै सचिव आचार्यले तीन महिनापछि गाउँसम्मको पार्टी र जनताको आवस्थाको बिस्तृत प्रतिवेदन आउने र त्यसपछि आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायतका जनताको जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई कसरी समाधान गर्ने योजना पार्टीले बनाउने बताए ।

थुप्रै जटिला र कठिनाइका साथ पार्टीले ठूलो जनशक्ति दूरदराजका बस्तीमा केन्द्रीत गरेको बताउँदै आचार्यले पार्टी रुपान्तरण हुने अभियानमा सबैले सहयोग र समर्थन गर्न पनि आग्रह गरे ।

एक अर्को प्रसंगमा आचार्यले सुदूरपश्चिम आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, भाषिक, भौगोलिक तथा उब्जाउ जमिन र जातीय हिसाबमा पछि नपर्नुपर्ने भएपनि गरिबी, बिपन्नता, बेरोजगारीलगायतका क्षेत्रमा गम्भीर समस्या पैदा भएको बताउँदै त्यसबाट मुक्त गर्नेगरी पार्टीले संघ र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्न बताए ।

  • १९ भाद्र २०८०, मंगलवार १३:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU