पुनर्वासमा सिमा सहजीकरण समिति गठन
धनबहादुर बिक – पुनर्वास – नेपाल भारत सीमा इलाकामा हुने अपराधिक कृयाकलाप नियन्त्रण गर्न , सीमा इलाकामा आवात जावत गर्ने मानिसहरु लाइ सहजीकरण गर्ने उदेश्य ले बुधबार पुनर्वास मा सिमा सहजिकरण समिति गठन गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका भारतीय सिमा नाका संग जोडिएको वडा नम्बर ६ मा सशस्त्र प्रहरी वल बी ओ पी को आयोजना मा उक्त सिमा सहजीकरण समिति गठन गरिएको हो ।

सशस्त्र प्रहरी बल कञ्चनपुर को निर्देशन अनुसार सिमा क्षेत्रमा हुने विभिन्न गतिविधि नियन्त्रण का लागि सिमा सहजीकरण समिति बनाउनुपर्ने भएकोले उक्त समिति गठन गरिएको बि ओ पी पुनर्वास ईन्चारज प्रिन्स कुमार चन्द ले बताए । पुनर्वास नगरपालिका ६ का वडा अध्यक्ष मित्र सिंह लामाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । समिति को सदस्य हरूमा वडा सदस्य भावना स्वर्णकार , सामाजिक संस्थाबाट कान्छा लामा लामा तामाङ रहेका छन ।
यसै गरी स्थानीय क्लब बाट ठाकुर राम अर्जेल , नागरिक समाजबाट ओम बहादुर क्षेत्री , स्थानीय सञ्चारकर्मी बाट धनबहादुर बिक , पुनर्वास उधोग वाणिाज्य संघ बाट देवी भट्ट , शिक्षक प्रतिनिधि युवराज सुयाल , ईलाका प्रहरी कार्यालय प्रहरी प्रमुख हेमराज भट्ट , स .प्र . नि . चन्द्र सिंह महरा , स .प्र . नि . प्रिन्स कुमार चन्द सदस्य सचिव प्रतिनिधि रहनेगरि ११ सदस्यीय समिति गठन गरिएको हो ।
समितिले सिमा मा हुने बिबाद सुल्झाउन , नेपाल भारत सीमा इलाकामा हुने अपराधिक कृयाकलाप नियन्त्रण गर्न सीमा इलाकामा आवात जावत गर्ने मानिसहरु लाइ, सहजीकरण गर्ने , सीमा स्तम्भ हरूको रेखदेख गर्ने तथा सशस्त्र प्रहरी बल नेपाल लाई सहयोगी भुमीका निर्वाह गरी थप प्रभावकारी बनाउने उदेश्य ले सीमा सहजीकरण समिति गठन गरिएको बताएको छ । नवगठित समितिको प्रत्येक एक एक महिनामा बैठक बसि छलफल र सहकार्य को माध्यमबाट सिमानाकामा हुने नकारात्मक गतिविधिमा केन्द्रीत रहि समस्या समाधान तर्फ भुमिका निर्वाह गर्ने समितिले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया